मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सत्तामा रहेर सडकमा उत्रियो जनमत पार्टी, आफ्नै सरकारविरुद्ध प्रदर्शन

Ujyalosandeshonline 12437+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

जनकपुर । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आइतवार जनकपुरधाममा आफ्नै सरकारविरुद्ध सडक प्रदर्शन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आयोजित प्रदर्शनमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रदर्शनमा सहभागीहरूले ‘भ्रष्टाचारविरुद्ध कडा कारबाही गर’, ‘योजना खरिद–बिक्री बन्द गर’, ‘जनकपुरको सार्वजनिक सम्पत्ति जोगाऊ’, ‘धनुषा–३ मा विभेद बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मुख्यमन्त्री कार्यालयको घेराउ गरे । उनीहरूले बजेट वितरणमा विभेद, योजनामा पारदर्शिताको अभाव र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न माग गरे । 

जनमत पार्टीका नेता डा. प्रशन्नकुमार झाले जनकपुरधाममा सञ्चालित योजनाहरूको खरिद–बिक्री प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाए। उनले प्रदेश सरकारका केही मन्त्रीहरू नै यसमा संलग्न भएको दाबी गर्दै भने, ‘जनमत पार्टी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको पक्षमा छ। चाहे हाम्रै पार्टीका मन्त्री किन नहोस्, जनताको करको पैसा लुट्न दिइँदैन।’

डा. झाले धनुषा–३ मा योजनाबाट बञ्चित गरिएकाले त्यहाँ गम्भीर असन्तोष बढेको बताए । उनका अनुसार पुरक बजेटबाट समेत उक्त क्षेत्रमा कुनै योजना नल्याइएकाले समानताको सिद्धान्त उल्लंघन भएको हो । ‘विकास योजनामा भेदभाव गर्न मिल्दैन, सबै क्षेत्रलाई समान रूपमा हेर्नुपर्छ,’उनले भने ।

प्रदर्शनकारीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा जनकपुरधामका धार्मिक, ऐतिहासिक तथा सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमणको अन्त्य, योजनामा पारदर्शिता, बजेटको न्यायोचित वितरण, भ्रष्टाचारमा संलग्न मन्त्रीहरूको राजीनामा र छानबिन आयोग गठनको माग समेटिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार