मुख्य समाचार
एकैपटक ४८ उपसचिवको सरुवा : को कहाँ पुगे ? (सूचीसहित) | महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान | परिक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार | भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा | खेलकुद क्षेत्र नेपालको ठूलो आयामको रुपमा विकास भएको छ :सभापति देउवा | सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि सारौं : गृहमन्त्री | गुल्मीको चन्द्रकोटमा अब पशुचौपाया बिक्री गर्न नपाइने | सरकारले प्रेस स्वतन्त्रतामाथि नियन्त्रण वा संकुचन हुन नदिने | जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ | स्वतन्त्र प्रेसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउँछ : राष्ट्रपति पौडेल |

सिद्धबाबाधामलाई धार्मिक पर्यकीय क्षेत्र बनाउन बृहत गुरुयोजना आवश्यक : सभामुख

Ujyalosandeshonline 2443+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको बिकास गर्न गुरुयोजना आवश्यक रहेको बताउनु भएको छ । 

उहाँले तिनाउ नदिमा जलासय निर्माण गरी  जलासयमा आरतिको ब्यवस्था मिलाउन सकिने  सम्भावना रहेको बताउनु भयो । “ यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिने आधार तयार भएको छ । 

“सिद्धबाबा मन्दिर बिकास समितीको आयोजनामा आज सामुहिक  चौरासी पुजा महोत्सवको शुभारम्भ गर्नु हुँदै उहाँले भन्नू भयो – सिद्धबाबा धाम क्षेत्रको बिकासले पाल्पाको मात्र होइन ।  सिङ्गो प्रदेशकै बिकासमा टेवा पुर्याउने छ ।

“उहाँले नजिकैको रामापिथेकस, तिनाउ डयाम झरना , तिनाउ नदि किनारमा टे्किङ रुट  जोडेर बृहत  गुरुयोजना बनाउन आवश्यक रहेको बताउनु भयो । समितीले मन्दिर परिसरमा शिशु स्तनपान कक्ष संचालन गरेको छ । त्यसै गरि  कालीगण्डकीबाट  ल्याइएको सालिग्राम दर्शनको लागि ब्यवस्था गरिएको समितीका अध्यक्ष सन्तोष लाल शेरचनले जानकारी दिनु भयो ।  

सन्तानेश्व धामका संरक्षक  एव धर्म गुरु किशोर गौतमले कालीगण्डकीको सालिग्राम सिद्धबाबा मन्दिर प्राण प्रतिस्ठा गर्नु भयो ।  उहाँले चिल्ड्रेन पार्क ,  सिद्ध गुफामा जाने सिढि निर्माण , भक्तजन आश्रम स्थल  आदि गुरुयोजना बनाएर काम गर्ने बताउनु भयो ।  तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा पाल्पाको हरि गुरुद्वार नै रहेको बताउनु भयो । 

समितीका सदस्य एवं  चौरासी पुजा कार्यक्रम संयोजक गोपाल बस्यालले समितिले नै खर्च गरि चौरासीपुजा गरिएको जानकारी दिनु भयो ।  आर्थिक अभावमा उमेर  पुगेका कोहि पनि चौरासी पुजा गर्नबाट बन्चित हुन नपरोस् भनेर सामुहिक चौरासी पुजालाई निरन्तरता दिने योजना रहेको धामका प्रमुख पन्डित लक्ष्मी सापकोटाले जानकारी दिनु भयो । 

यसै बिच सिद्धबाबा धामको गुरुयोजना तयार गर्नको लागि सरोकार  वाला संग छलफल गरिएको छ । भेटि दानबाट  बार्शिक १ करोड भन्दा बढी आम्दानी हुने समितीले जनाएको छ ।  इन्जिनियर बिनोद खड्काले गुरुयोजना बनाएर काम गर्दा ब्यवस्थित हुने बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार