मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

आर्थिक क्षेत्र चलायमान र लगानीकर्ताहरु उत्साहित छन्ः मन्त्री शाही

Ujyalosandeshonline 12342+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वर्तमान सरकार बनेपछि सकारात्मक गतिविधिहरु अगाडि बढेको बताएका छन् । 

शनिबार राष्ट्र संरक्षण साप्ताहिकको १७ औं वार्षिकोत्सव समारोहमा उनले देशमा आर्थिक क्षेत्र चलाएमान र लगानीकर्ताहरु उत्साहित बनाउने कुरामा वर्तमान सरकार लागेको बताए । 

उनले भने, ‘आज जुन सहकार्यमा सरकार निर्माण भएको छ, यो सरकार निर्माण भएपछि देशमा सकारात्मक गतिविधिहरु र सन्देश प्रवाह भइरहेको छ । आर्थिक क्षेत्र चलाएमान भएको छ, लगानीकर्ताहरु उत्साहित भएका छन् । टिआरसी विधेयक पारित गरेर देशमा दिगो शान्तिको एउटा चरण पनि अगाडि बढेको छ । सरकारको स्थायित्वका लागि देशमा सुशासन र भ्रष्टाचार नियन्त्रणमा जिम्मेवारी बहन गर्नुपर्नेछ ।’

युवा पलायन हुने अवस्थालाई रोक्न नेपालमा केही गर्न सकिन्छ भन्ने अवस्था निर्माणमा सरकार अगाडि बढेको उनको भनाई छ । यस्तै, उनले नेपालमा लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनको लागि राजनीतिक दलहरु एकआपसमा समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार