मुख्य समाचार
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने | सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला | पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र | ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’ | सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ | साना व्यवसायीलाई सामाग्री सहयोग | सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप | दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल | संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ |

बिना पूर्वतयारीका आयोजनाको टेन्डर हुँदैन : पूर्वाधारमन्त्री ज्वाला

Ujyalosandeshonline 2584+ समाचार ( )
१ पौष २०८०, आइतबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारले पूर्वतयारी नभएका आयोजनाहरुलाई ठेक्काको प्रक्रियामा अगाडि नलैजाने बताएका छन् । 

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा आइतबार बोल्दै उनले स्वाभाविकरूपमा आयोजनाहरु पूर्वतयारी नगरेर कतिपय पुरानो भार बोक्नुपरेको भन्दै यस्तो बताएका हुन् । 

उनले भने ‘पहिले नै सबै तयारी गरेर पो निर्माणको कामलाई अगाडि बढाउनुपर्छ । स्वाभाविक रुपमा आयोजनाहरु पूर्वतयारी नगरेर कतिपय पुरानो भार बोक्नुपरेको छ । आयोजनाको तयारीबिना टेन्डर गरिदिने, पछि समस्या आउने र आयोजनाको अवधि लम्बिने यो समस्या छ । अहिले हामीले बिना पूर्वतयारीका आयोजनाहरु टेन्डरको रुपमा लैजादैनौ ।’

बहुवर्षीय ठेक्का मापदण्डअनुसार आयोजनाहरूको ठेक्का लाग्न इआइए, आइएइ र डीपीआर पूरा हुन आवश्यक रहेको उनको भनाइ थियो ।मन्त्री ज्वालाले आयोजनाहरूको रकमान्तर, भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय पीडित रहेको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार