मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

बिना पूर्वतयारीका आयोजनाको टेन्डर हुँदैन : पूर्वाधारमन्त्री ज्वाला

Ujyalosandeshonline 12338+ समाचार ( )
१ पौष २०८०, आइतबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारले पूर्वतयारी नभएका आयोजनाहरुलाई ठेक्काको प्रक्रियामा अगाडि नलैजाने बताएका छन् । 

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा आइतबार बोल्दै उनले स्वाभाविकरूपमा आयोजनाहरु पूर्वतयारी नगरेर कतिपय पुरानो भार बोक्नुपरेको भन्दै यस्तो बताएका हुन् । 

उनले भने ‘पहिले नै सबै तयारी गरेर पो निर्माणको कामलाई अगाडि बढाउनुपर्छ । स्वाभाविक रुपमा आयोजनाहरु पूर्वतयारी नगरेर कतिपय पुरानो भार बोक्नुपरेको छ । आयोजनाको तयारीबिना टेन्डर गरिदिने, पछि समस्या आउने र आयोजनाको अवधि लम्बिने यो समस्या छ । अहिले हामीले बिना पूर्वतयारीका आयोजनाहरु टेन्डरको रुपमा लैजादैनौ ।’

बहुवर्षीय ठेक्का मापदण्डअनुसार आयोजनाहरूको ठेक्का लाग्न इआइए, आइएइ र डीपीआर पूरा हुन आवश्यक रहेको उनको भनाइ थियो ।मन्त्री ज्वालाले आयोजनाहरूको रकमान्तर, भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय पीडित रहेको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार