मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

अबैध सामानसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 10996+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

रौतहट । रौतहट प्रहरीले अबैध किराना सामान सहित पिकअप भ्यान र चालक लाई नियन्त्रणमा लिएको  छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामान सहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार प्रदेश २ ००१ च ४००० नम्बरको पिकअप भ्यानमा भन्सार छलेर ल्याएको सामान बरामद गरिएको छ ।

सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको  चीनी, मैदा, धनिया, रिफाइन तेल, सेवई, सुपारी बोकेको  पाइएको उनले जानकारी दिए । बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख  छ।

पिकअप चालक गौर नगरपालिका ८ का दिनेश राउत बरै सग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएको छ ।

नेपाल भारत सिमा क्षेत्रमा पर्ने बन्जरहा, औरैया, मन्सरी, रामपुरखाप, बंकुल नाकाबाट दिनहँु भारतीय सामग्रीहरुको चोरी निकासी हुने गर्दछ । तस्करहरुको बढदो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको जनगुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार