मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

भारत लैजाँदै गरिएका ३ बालिकाको उद्दार, भारतीयसहित चार पक्राउ

Ujyalosandeshonline 12342+ समाचार ( )
१६ असार २०८२, सोमबार

भैरहवा । रुपन्देहीको सीमानाकाबाट तीन जना बालिकाहरुको उद्दार गरिएको छ । साथै, घटनामा संग्लन आरोपमा तीनजना भारतीय नागरिकसहित चार जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ स्थित कालिदह नाकाबाट ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा बालिकाहरुको उद्दार गरी घटनामा संग्लन देखिएका चार जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा भारतको गोरखपुर जिल्ला कम्पियरगंजको कुवर बलुवाका ३८ वर्षीया गीता गौड, सोही स्थानको १९ वर्षीया नेहा पाण्डेय, सोही क्षेत्रको कुवर बन्दोहका २६ वर्षीय प्रमोद कुमार धोबी र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका ६ का १९ वर्षीया निर्मला लोध रहेका छन् । नाकाबाट शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोली बालिकाहरुको उद्दार गरेको हो । मानव बेचबिखन तथा ओसारपसार घटनामा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार