गण्डकी । गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत रु २५ हजार दिने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिनुभयो ।
बैठकले बाढीपहिरोबाट क्षति पुगेका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण सङ्कलन गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय पनि गरेको उहाँले बताउनुभयो । बाढीपहिरोबाट गण्डकी प्रदेशमा ठूलो जनधनको क्षति भएको छ ।