मुख्य समाचार
धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट | मर्चवारीदेवी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन पहल | सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित |

मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

Ujyalosandeshonline 12520+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको ध्रुवकुण्डका लागि प्रस्थान गरेको छ ।  मंगलबार मडैमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री ध्रुवकुण्डका लागि प्रस्थान गरेका हुन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली छैठौं दिन मडै पुगेको थियो । 

आज सातौं दिन ध्रुवकुण्ड पुगेर रात्रि विश्रामपछि आठौं दिन भोलि कञ्चनवनका लागि प्रस्थान गर्नेछ । कञ्चनवन महोत्तरीमा पर्ने अन्तिम स्थल हो । त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ । परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार