मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

‘सामाजिक सञ्जाललाई नियमन जरुरी भएपनि मिडिया काउन्सिल विधेयक प्रेस नियन्त्रणमुखी छ’

Ujyalosandeshonline 11864+ समाचार ( )
१३ असार २०८१, बुधवार

काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल मिडियालाई निमयन जरुरी भए पनि सरकारले प्रस्ताव गरेको प्रेस काउन्सिल विधेयक प्रेस नियन्तरण मुखी भएको वक्ताहरुले दाबी गरेका छन् । 

काठमाडौंमा बुधबार ‘मिडिया सम्बन्धी कानुन र डिजिटल संचार माध्यमको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले काउन्सिलमार्फत मिडिया नियन्त्रणको तयारी गर्न लागेको ठोकुवा गरेका हुन् । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदमा प्रस्तावित मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्तरणमुखी भएको बताएका छन् । 

२०७५ सालमा प्रस्ताव गरिएको भन्दा यस पटक केही परिमार्जित भएर आए पनि समस्या ज्यूँकात्यूँ रहेको बताउँदै त्रिपाठीले भने, ‘कोही पनि भ्रममा पर्नुहँदैन यो विधेयकको धेय नै मिडिया स्वतन्त्रतामाथि अङ्कुश लगाउनु नै हो । राज्यको सर्बसत्तावाद चरित्र पुरानो ड्राफ्टमा उदाङ्गो भएको थियो, व्यापक विरोधपछि केही हेरफेर गरे पनि दङ्ग पर्नु पर्ने अवस्था छैन ।’

सरकारले टेबल गरेकै दिनबाट विधेयकको विरोध सुरु गर्नुपर्नेमा खासै चासो नदेखिएकोप्रति त्रिपाठीले दुःख व्यक्त गरे ।

काउन्सिलको अध्यक्ष सरकारले नियुक्ति गर्ने भन्ने प्रस्तावबाटै स्वयत्त तथा स्वतन्त्र संस्था राज्य नियन्त्रित बनाउने दुर्नियत प्रष्ट भएको त्रिपाठीको जिकिर छ । 

यस्तो प्रक्रियामा कुनै पनि स्वतन्त्र व्यक्ति नआउने बरु सरकारी व्यक्तिको झुकावको सुनिश्चिता हुने दाबी गर्दै भने,‘आफ्नो भजन गाउनेलाई अझ झर्रो भाषामा भन्दा आफ्नो चम्चा नियुक्ति गर्ने कुनियत छ ।’

मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणिको प्रशासकिय अधिकृत र अध्यक्ष पनि सरकारले नै तोक्ने कुराले अझ झस्काएको त्रिपाठीले बताए ।

एकतिर मत्रालयको सचिबको नेतृत्वमा सिफारिस समिति बन्ने र सर्बोच्च अदालतको न्यायाधिश हुने हैसियतको व्यक्तिलाई सचिब स्तरले सिफारिस गर्ने भन्ने कुरा गलत भएको बताउँदै उनले भने, ‘न्यायाधिशको हैसियत राख्ने कुनचाही मुर्ख मान्छे सचिवको सिफारिसमा जन्छ, जुन त्रुटिपूर्ण छ, यसमा ध्यान किन दिइएन ।’

कार्यक्रममा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले काउन्सिलको अघिल्लो ड्राफ्ट जति घातक थियो त्यसमा पछिल्लो विधेक पनि कम नरहेको आरोप लगाए । 

‘मन्त्रालयको सचिबले छान्ने वा सिफारिस गर्ने अध्यक्ष कसरी स्वतन्त्र हुन्छ ?’ जैसीले प्रश्न गरे । 

‘एउटै व्यक्ति ६० वर्षसम्म जागिर खाईरहने संस्थाको वृत्ति विकास कसरी सम्भव होला, यो पनि त गलत भयो नि,’उनको भनाइ थियो । 

प्रेस सेन्टर नेपालकी उपाध्यक्ष गंगा बरालले सामाजिक सञ्जाल र डिजीटल मिडियाहरुलाई जतिसक्यो चाँडो नियमन तथा अनुगमनको दायरामा ल्याउनु पर्ने धारणा राखिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार