मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मर्चवारको अलपत्र विकासलाई पूर्णता दिन उम्मेदवार बनेको हुँ : प्रमोदकुमार यादव

Ujyalosandeshonline 11768+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले मर्चवार क्षेत्रको समग्र विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। आफ्नो चुनावी अभियान तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै उनले यस क्षेत्रको अलपत्र विकास निर्माणका कामलाई पूर्णता दिन आफू पुनः चुनावी मैदानमा होमिएको प्रष्ट पारेका हुन्। 'उज्यालो सन्देश'सँग कुराकानी गर्दै उम्मेदवार यादवले बालबालिकाको सुनौलो भविष्य निर्माण गर्नुका साथै किसानहरूका लागि मल र बिउको उचित व्यवस्थापन गर्नु आफ्नो प्राथमिक दायित्व भएको बताएका छन्।

आफ्नो अघिल्लो कार्यकालमा भएका विकासका कामहरूको स्मरण गर्दै यादवले २०७९ सालको निर्वाचनपछि यस क्षेत्रका गाउँ, टोल र सहरमा विकास पूर्ण रूपमा ठप्प भएको दाबी गरे। मर्चवारको फोर-लेन सडक विस्तार रोकिएको, विद्यालयका भवनहरू अधुरै रहेको, १५ शय्याको अस्पताल, कोल्ड स्टोर र डिग्री कलेज जस्ता महत्त्वपूर्ण योजनाहरू अलपत्र परेको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरे। सडकको दुरावस्था, धूलो र हिलोका कारण स्थानीयले सास्ती खेप्नुपरेको अवस्थामा पनि स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै चासो नदेखाएको उनको आरोप छ। सडकमा एउटा गिट्टी पनि नथपिएको भन्दै वर्तमान नेतृत्वको आलोचना गरेका उनले आफ्नो जित सुनिश्चित भएमा शिक्षा, स्वास्थ्य, सिँचाइ तथा खानेपानीलगायतका क्षेत्रमा देखिएका समस्या समाधान गरी मर्चवारको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चुनावी घरदैलोका क्रममा आफूले आम मतदाताबाट उत्साहजनक साथ र समर्थन पाइरहेको उम्मेदवार यादवले बताएका छन्। गाउँ-गाउँमा पुग्दा जनतामा छुट्टै प्रकारको लहर देखिएको र स्थानीय बासिन्दा आफैँ अग्रसर भएर चुनाव जिताउन लागिपरेको उनको भनाइ छ। मतदाताहरू घरबाहिर निस्केर यसपटक जसरी पनि 'सूर्य' चिन्हमा मतदान गर्ने र आफ्नो क्षेत्रको विकास गराउने प्रतिबद्धता व्यक्त गरिरहेकाले एमालेको जित सुनिश्चित रहेको यादवले दाबी गरे। मर्चवारका जनताले विकास र परिवर्तनका लागि आफूलाई नै उपयुक्त विकल्प ठानेको र आफूले जितेमा मात्र यस क्षेत्रको वास्तविक विकास सम्भव हुने उनको विश्वास छ। जनताले विकासको अभावलाई गहिरोसँग महसुस गरिसकेकाले अबको निर्वाचनमा जनताको साथ र सहयोग प्राप्त भई परिवर्तन सुनिश्चित हुने यादवको अठोट छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार