मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

२५ किलो गाँजासहित सर्लाहीका ब्लोन पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

रौतहट । सर्लाही प्रहरीले लागुऔषध गाँजा २५ किलोसहित एक युवकलाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले २० वर्षीय सन्ते ब्लोनलाई पक्राउ गरेको हो । लालबन्दी नगरपालिका–१४, नारायणखोला कामीटार बस्ने ब्लोनसहित मोटरसाइकल र झोला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए

उनका अनुसार नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४२ प ४०५३ नम्वरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार दुई युवक भाग्न खोजेपछी प्रहरीले पछ्याउँदै गएको हो । 

मोटरसाइकल र साथमा भएको झोला छाडेर खेतैखेत भागेका युवकमध्ये कामीटारका ब्लोनलाई पछ्याउँदै जाँदा पक्राउ गर्न सफल भएको र अर्का युवक फरार भएको उनले जानकारी दिए । 

प्रहरीलाई देखेपछि युवकहरुले फालेको झोला भित्रबाट पाँचवटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको उनको भनाइ छ । यस विषयमा आवश्यक अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार