मुख्य समाचार
देउडा खेल्दै स्थानीय | उत्पीडित वर्गको उत्थान गर्न जरुरी छः अध्यक्ष यादव | ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल | होराइजन गौतम बुद्ध कलेजका विद्यार्थीद्वारा अनाथ आश्रमका बालबालिकालाई दर खुवाउने कार्यक्रम सम्पन्न | भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल | रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै तेस्रो दिन पनि रिले अनसन जारी | पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल | पक्लिहवा क्याम्पसको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण | संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप | बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार |

गोरखा लोक्पाका २२ घरधुरी सुख्खा पहिरोको जोखिममा

Ujyalosandeshonline 12297+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार

गोरखा । गोरखाको लोक्पा गाउँका २२ घर सुख्खा पहिरो जोखिममा परेका छन् । गोरखाको विकट चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित लोक्पामा बुधवार देखि सुख्खा पहिरो जान थालेपछि जोखिम बढेको हो ।

लोक्पा गाउँ नजिकै गत बर्ष असोजमा परेको पानीले पहिरो गएको ठाउँमा फेरी सुख्खा पहिरो जान थाले पछि जमिन समेत चिरा परेर घरहरु जोखिममा परेको चुमनुब्री गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सरोज लामाले जानकारी दिए ।

पहिरोले गोरखाको चुम उपत्यका जाने पर्यटन पदमार्गमा समेत क्षति पुगेकोले १ घण्टा टाढा अस्थायी बैकल्पीक बाटो मार्फत जोखिमपूर्ण तरिकाले पर्यटक र स्थानीय हिड्डुल गर्नुपरेको स्थानीय सेराप गुरुङ्गले बताए ।

उनले भने, ‘वडा नं ६ र ७ बीच खाद्यान्न ढुवानीका लागि खच्चड हिडाउन समेत कठिनाई भएको छ । पहिलोले स्थानीय लाक्पा दोर्जे लामाको झण्डै १०÷११ रोपनी बारी र घर बस्नै नहुने गरी क्षति पुगेको छ ।’

बस्ती नै जोखिममा परेकोले लोक्पाको पहिरोको दिर्घकालीन समाधानका लागि संघीय सरकार र प्रदेश सरकार संग माग गरिने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको भनाई छ । गोरखा सदरमुकाम बाट ३ दिनको पैदलयात्रा पछि मात्र लोक्पा पुगिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार