मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

कर्णालीमा कम्युनिष्ट सरकारको नजर कहिलेपनि पर्न सकेन : डा.संग्रौला

Ujyalosandeshonline 12321+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

मुगु । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले गठबन्धनबाट बनेको वर्तमान सरकारले कर्णालीबासीका लागि शिक्षा र रोजगारी र विकासका क्षेत्रमा काम गर्न नसकेको बताइन् । उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइन । 

नेपाली कांग्रेस मुगुले बुधबार गमगढीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् अन्तरक्रियामा बोल्दै सग्रौलाले कर्णालीको विकामा सरकारको गति, चाल, ढंग र प्रतिबद्धता नभएको उल्लेख गर्दै सत्ताको आँखा कर्णालीमा नपरेको टिप्पणी गरिन् ।

‘एमाले, माओवादीसहितको सरकारले गरिबी, अशिक्षा र रोजगारीका क्षेत्रमा काम गर्न सकेको छैन । भ्रष्टाचारमा लिप्त छ । सहकारीको बचत रकम अपचलन गरेर बसेको छ,’ उनले भनिन्, ‘गरिबलाई झन् गरिब बनाउने, सर्वहारा बर्गहरुको पार्टी भन्नेहरुले मजदुरहरुलाई दमन गर्ने, महिलाहरुमा जागरण ल्याउँछु भन्नेहरु दमनमा व्यस्त भएको, युवालाई रोजगारी दिन्छु भनेर बजेट ल्याउनेहरुले लाखौं युवाहरु विदेश पठाइरहेको छ ।, कतिपय युवाहरु तातो घामबाट पिल्सिएर बक्सामा फर्किन बाध्य छन् ।’

कार्यक्रममा डा.सग्रौलाले कर्णालीले कांग्रेस बचाएको उल्लेख गर्दै कर्णालीमा संस्कार, भावना, जागरण रहेको बताइन । उनले कर्णालीबासी नेताहरुसँग आशावादी रहेको र विकासमा अशिक्षा र रोजगारीका क्षेत्रमा पछाडि परेको कर्णालीलाई उज्यालो कर्णाली बनाउन कांग्रेसले काम गरिरहेको दाबी गरिन् ।

सदन र सडक दुवै ठाउँमा हुँदा कांग्रेसले कर्णाली नविर्सिएको जिकिर गरेकी संग्रौलाले एउटा अठोट र संकल्प गर्नका लागि कर्णाली भ्रमणमा आएको बताइन । ‘हामी कांग्रेसको दस्तावेज बनोस भनेर आएका हौं । आगामी दिनमा कर्णालीलाई सँगसँगै लाने बचन दिन आएका हौं,’उनले भनिन् । 

यस्तै, उनले आगामी स्थानीय तह निर्वाचनमा ४० प्रतिशत महिलालाई मेयर, उपमेयर र वडाध्यक्ष दिनुपर्ने उल्लेख गर्दै कर्णालीमा कांग्रेसको शाख जोगाउन नेताहरुलाई आग्रह गरिन् ।

‘कांग्रेस बचाउन नसके मुलुक बन्दैन । लोकतन्त्र जोगिदैन । त्यसैले मन, बचन र कर्मले कांग्रेस बचाउन लागौं, सहयात्रामा सँगै हिडौं,’ उनले भनिन ।

पूर्वमन्त्री एनपी साउद, पार्टीका केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द बहादुर शाहलगायतका नेताहरु संग्रौलासँगै पार्टीका अगुवा कार्यकर्ता भेटघाट र अन्तरक्रियाका लागि कर्णाली यात्रामा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार