मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

रुपन्देही नागरिक समाजद्वारा जेन जेड आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली, दोषीलाई कारबाहीको माग

Ujyalosandeshonline 11467+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

भैरहवा । रुपन्देही नागरिक समाजले भदौ २३ गते जेन जेड समूहले भ्रष्टाचार र बेथितीविरुद्ध आह्वान गरेको आन्दोलनमा ज्यान गुमाएका वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । समाजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ भने अस्पतालमा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

समाजले आन्दोलनको मौका छोपी विभिन्न आपराधिक समूहहरू घुसपैठ भई सार्वजनिक सम्पत्तिमाथि गरिएको तोडफोड तथा आगजनीको घोर भत्र्सना गरेको छ । नयाँ बन्ने सरकारले स्वतन्त्र न्यायिक आयोग गठन गरी दोषीउपर कडा कारबाही गर्नसमेत समाजले माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो आन्दोलनले ऐतिहासिक सफलता हासिल गरेको छ । यसलाई आन्दोलनको उद्देश्य, भावना र मर्मअनुसार सफल पार्न ऊर्जाशील युवाहरू (जेन जेड समूह) लाई गम्भीरताका साथ सोचविचार र संयमित भई सार्थक परिणाम निकाल्न हार्दिक अपील गर्दछ ।”

देशको सकारात्मक परिवर्तनका लागि आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याउन जेन जेड समूहको अहम भूमिकाको समाजले प्रशंसा गरेको छ, जसमा सबै पक्षको साथ र सहयोग रहेको पनि उल्लेख छ । रुपन्देही नागरिक समाजले “यो देश सबै पक्षको हो भन्ने यथार्थलाई हृदयंगम गरी आन्दोलनलाई सार्थकता दिन विशेष गरी अन्य पक्षका युवा शक्तिलाई पनि साथमा लिई अगाडि बढ्न” हार्दिक अपिल गरेको छ । समाजले सकारात्मक परिवर्तनका लागि सदैव जेन जेड समूहको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै, अविलम्ब सरकार गठन गरी देशलाई अग्रगामी दिशातर्फ लैजान सबै पक्ष संयमित हुन पनि समाजले अपील गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार