मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

ओमसतियामा ४० लाखको लागतमा निर्मित ‘बर्थिङ सेन्टर’को भवन उद्घाटन, गाउँमै प्रसुती सेवा पाइने

Ujyalosandeshonline 12612+ समाचार ( )
१९ मंगशिर २०८२, शुक्रबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित बसन्तपुर स्वास्थ्य केन्द्रमा नवनिर्मित सुरक्षित मातृत्व तथा बर्थिङ सेन्टरको भवन समुद्घाटन गरिएको छ । प्रदेश सरकारको ४० लाख रुपैयाँ (प्रसुति केन्द्र बजेट) लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि मन्जित कुमार यादव (सोनु) ले समुद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै अध्यक्ष यादवले नयाँ भवन निर्माणसँगै पालिकामा सुरक्षित प्रसुती सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले भन्नुभयो, "महिला दिदीबहिनीहरुलाई असहज नहोस र पालिका भित्रै गुणस्तरिय सेवा मिलोस भनेर हामीले स्वास्थ्यलाई प्राथमिकता दिएर अगाडी बढेका छौं ।"

त्यस्तै, कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले महिला दिदीबहिनीहरुलाई स्थानीय सरकारको अनुभुति हुने गरी काम भइरहेको बताउनुभयो । उहाँले सामान्य प्रसुतीका लागि पनि भैरहवा र बुटवल जस्ता टाढाका सहरमा जानुपर्ने बाध्यता अन्त्य गर्न र गाउँमै सुरक्षित सेवा प्रदान गर्न यो भवन कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले यसअघि स्वास्थ्य केन्द्रकै पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएकोमा अब छुट्टै सुबिधासम्पन्न भवनबाट सेवा दिइने जानकारी दिनुभयो । उहाँका अनुसार नवनिर्मित भवनबाट सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, प्रसुती सेवा, पोषण तथा ओटीसी (OTC) लगायतका सेवाहरू प्रवाह गरिनेछ । सेवालाई प्रभावकारी बनाउन हाल एक जना मेडिकल अधिकृतसहित ५ जना स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिएको शाखा प्रमुख ज्ञवालीले बताउनुभयो ।

अखिलेश्वर कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जमुना पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख उमा थापा विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । उद्घाटन समारोहमा वडाअध्यक्ष प्रकाश सिंह चौधरी, गाउँपालिकाका प्रवक्ता एवं वडाअध्यक्ष मदन प्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार