मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

वर्तमान संविधानमा अझै पनि समानता छैन : पूर्वमन्त्री शर्मा

Ujyalosandeshonline 12546+ समाचार ( )
२९ मंगशिर २०८१, शनिबार

काठमाडौं । पूर्वमन्त्री एवं माओवादी केन्द्रकी सांसद रेखा शर्माले संविधान संशोधन सबैले स्विकार गरेको विषय भएको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजि झिल्को १६ औं अंक विशेष बहसमा उनले  वर्तमान संविधानमा अझै पनि समानता नभएको भन्दै संविधान संशोधन अग्रगमनका लागि हुनुपर्ने बताएकी हुन् ।  

उनले भनिन्, ‘यो संविधान पूर्ण समानतामा आधारित छैन । तर विगतको भन्दा विभेदको न्यूनिकरण गरिएको छ । विभेदलाई कम गर्ने प्रयास गरिएको छ । अहिले पनि हामीले हेर्ने हो भने नागरिकताको पाना पढ्दै गर्दा त्यहाँ लैङ्गिक समानता देखिदैँन् । जातिय विभेदका कुराहरु हेर्ने हो भने पूर्ण रुपमा हटेको छैन । यसलाई पूर्ण रुपमा कसरी समानतातिर लाने त्यसतर्फ हामीले ध्यान दिनुपर्छ । त्यसकारण संविधान संशोधन आफैंका सैद्धान्तिक कुरा हो यो हुनुपर्ने कुरा हो । संविधान संशोधन हामी सबैले स्विकार गरेको विषय हो र संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छ ।’ 

लामो समयदेखी राजनीतिक आन्दोलन गरेपनि अझै राजनीतिक कुराहरुमा अल्झि रहेको भन्दै अब जनताको बीचमा गएर जनताको सहमतीमा विभेदहरुलाई पूर्ण रुपमा समानताको कोणबाट अगाडि बढाउने कुरामा सोच्नुपर्ने बताईन् । 

उनले भनिन्, ‘संविधान संशोधन उत्पीडित समुदायले पाएको अधिकार थप सुधार गर्न र थप अधिकार दिनको लागि हुनुपर्छ । लामो समय हामी राजनीतिक आन्दोलनमा गयौं, धेरै रगत बग्यो, मेहेनत भयो तर आजका दिनसम्म आउदा पनि फेरी हामी यही राजनीतिक कुराहरुमा नै अल्झि रहेका नै छांै । हामी जनताको बीचमा जाने जनताको सहमतीमा हाम्रो समाजमा भएका विभेदहरुलाई पूर्ण रुपमा समानताको कोणबाट अगाडि बढाउने कुरामा हामीले सोच्नुपर्छ ।’ 

संविधान संशोधन अग्रगामी कि पश्चगामी भनेर भन्नु भन्दा पनि संविधान संशोधनभित्रको विषयवस्तुहरु अग्रगामी हुन्छन् कि पश्चगामी भन्ने कुरामा निर्भर हुने पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार