मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

बाजुरामा एक वर्षमा ११८ वटा मुद्दा दर्ता, सबैभन्दा बढी भवितव्य ज्यानका

Ujyalosandeshonline 11540+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

गोविन्द्र राज तिमिल्सेना

बाजुरा । बाजुरामा एक आर्थिक वर्षमा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१÷८२ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकअनुसार बाजुरामा गत आर्थिक बर्ष २०८१÷८२ मा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् भने चालू आर्थिक बर्षको ३ महिना असोज ७ गतेसम्म मात्रै विभिन्न प्रकृतिका ११ वटा मुद्दा दर्ता भएका छन्।

गत आर्थिक बर्षमा सबैभन्दा बढि भवितव्य ज्यानका २३ वटा मुद्दा दर्ता भएका छन्। भने सबैभन्दा कम वैवाहिक जवरजस्ती करणी, अपहरण गरि जवरजस्ती करणी,हातहतियार तथा ज्यान मार्ने उद्योग र ठगीका एक÷एक मुद्दा दर्ता भएका छन्।त्यस्तै अभद्र व्वहारका १४, झुण्डी आत्महत्याका १३, जवरजस्ती करणीका ९, बहु–विवाहका र बैंकिङ कसुरका ७,हातहतियार खरखजना,कुटकर ज्यानका ५,ज्यान मार्ने उद्योग,सवारी ज्यान,राष्ट्र सेवकलाई विरोध गर्न नहुनेका चारवटा मुद्दा दर्ता भएका छन्।

त्यस्तै कर्तव्य ज्यान,सवारीबाट भवितव्य,लागू औंषध चरेश,चोरी,र अपराधीक उपदव गर्न नहुनेका तीन÷तीन वटा र ज्यान सम्बन्धी कसुर र जवरजस्ती करणी उद्योगका २ गरेर जम्मा ११८ वटा विभिन्न घटनामा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चालू आर्थिक बर्ष २०८२÷८३ को असोज ७ सम्म ११ वटा मुद्दा दर्ता भएका छन्।जसमा सवारी ज्यान र भवितव्य ज्यानका  तीन÷तीनवटा  मुद्दा दर्ता भएको छन्। त्यस्तै लागू औंषधका २, बिष सेवन,बहुविवाह,र जवरजस्ती करणी उद्योगका एक÷एक गरेर ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकमा देखाइएको छ । बाजुरामा पछिल्लो समय लागुऔषध दुरुपयोग र अवैध कारोबार तीव्र गतिमा बढेको पाइएको छ । बालबालिकादेखि बुढापाखाहरु दुब्र्यसनको सिकार बन्दै गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक ईकवाल हवारीले बताए ।

उनका अनुसार, किशोर किशोरीहरु दुव्र्यसनमा फस्दा समाज समते प्रभावित बन्दै गएको बताएका छन्।  १६ देखि ३० वर्ष उमेर समूहका युवायुवती बढि मात्रामा लागुऔषध दुरुपयोग र अवैध कारोबारमा लाग्ने गरेको उनको भनाइ छ । बिशेषत सदरमुकाम मार्तडी र बुढीगंगाको बाम्का, डाब, बेतालमाण्डौ क्षेत्रमा लागुऔषध दुव्र्यसनीका घटना बढि हुने गरेको छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार