मुख्य समाचार
सुकुम्बासीहरुको लगत सङ्कलन | रुपन्देहीमा प्रहरीको 'स्वीप अपरेशन' तीव्र: दुई दिनमा १८६ जना पक्राउ | काठमाडौंबाट दिल्ली जाँदै गरेको ट्रकमा २,५७० किलो अवैध ओखर बरामद, चालक पक्राउ | सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय | पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा | मोदीवेणीधामबाट कालीगण्डकी संरक्षणको सन्देश | ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक | रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन | न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह | बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन |

एभरेष्ट पेपर मिलका मजदुर आन्दोलित, सञ्चालककै घरअगाडि बसेर प्रदर्शन

Ujyalosandeshonline 11100+ समाचार ( )
२७ असार २०८२, शुक्रबार

जनकपुर । धनुषाको एभरेष्ट पेपर मिलका मजदुरहरू पुनः आन्दोलित भएका छन् । विगत डेढ वर्षदेखि तलब÷सुविधा नपाएको भन्दै उनीहरु मिलका सञ्चालक ओम सर्राफको जनकपुरधामस्थित घरअगाडि प्रदर्शन गरेका छन् । 

तीन सूत्रीय माग राख्दै उनीहरु विगत २ दिन देखि प्रदर्शन गर्दैछन् । प्रदर्शनमा सहभागी मजदुरहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा २०८१ साल पुस २१ गते भएको त्रिपक्षीय सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरे । 

त्यसबाहेक श्रम तथा रोजगार कार्यालय धनुषाले २०८२ असार ५ गते दिएको निर्देशन र काठमाडौंस्थित श्रम विभाग तथा श्रम अदालतका निर्णयहरू पनि तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । 

मजदुरहरूको भनाइमा अनुसार, सम्झौता कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीको रोहबरमा बैठक समेत भएको थियो, तर सञ्चालकहरूले त्यसलाई वेवास्ता गरे। सम्झौताका प्रावधानहरू पालना नगरेपछि प्रमुख जिल्ला अधिकारीले आफूले तलब भुक्तानी गराउन नसक्ने बताएपछि मजदुरहरू आन्दोलित बनेका हुन् ।

यसअघि पनि पटक–पटक सम्झौताका प्रयासहरू भए पनि सञ्चालकहरू सधैं पछि हट्ने गरेको श्रमिकहरूको आरोप छ । आन्दोलनकारीहरूका अनुसार, उनीहरूका माग सम्बोधन नभए थप कठोर आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ। उनीहरूले कानुनी तथा प्रशासनिक माध्यमबाट न्याय नपाएको अवस्था आएपछि दबाबमूलक आन्दोलन गर्न बाध्य भएको बताए ।

स्थानीय प्रशासनले समस्या समाधान गर्न प्रयास गरे पनि सञ्चालकहरू बीचको विवाद, गैर जिम्मेवार पन र श्रमिकप्रतिको उदासीनताका कारण समस्या झन जटिल बन्दै गएको छ । श्रमिकहरूले दैनिक गुजारा चलाउन गाह्रो भएको बताउँदै तत्काल समस्या समाधानको माग गरेका छन् । मजदुरहरुले माग पूरा नभए काठमान्डौ गएर धर्नामा बस्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार