मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

बुद्धको धातु मूर्तिको प्रतिष्ठा पूजा

Ujyalosandeshonline 12611+ समाचार ( )
११ पौष २०८०, बुधवार

पोखरा । पोखराको नारायण स्थानस्थित मैत्री संघ भवनमा धातुको बुद्ध मूर्ति राखिएको छ । मूर्तिको श्रदेय भिक्षु संघको सानिध्यमा एक समारोहबीच प्रतिष्ठा पूजा गरिएको छ । 

दिंवगत श्रीमती चन्द्रवती उदासको स्मृतिमा पति राधेश्याम उदास तथा छोराबुहारी गौतम, शान्ति श्रेष्ठ, एवम् उदास परिवारले मूर्ति सौजन्य गरेका हुन् । 

मैत्री संघका अध्यक्ष राधेश्याम उदासको अध्यक्षतामा भएको प्रतिष्ठा पूजा कार्यक्रममा परियती उदय विहारका प्रमुख, विमल धम्म मैत्री संघका अध्यक्ष राधेश्याम उदास र पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले संयुक्तरुपमा दीप प्रज्वलन गरि पूजा गरे । 

कार्यक्रममा धर्मशिला बुद्ध विहार दायकसभाका अध्यक्ष श्याम शाक्य, बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ, लक्ष्मीनारायण मन्दिरका अध्यक्ष महेश पराजुली, धर्मोदय सभाका अध्यक्ष चन्द्रलक्ष्मी गुभाजु, राधाकृष्ण मन्दिरका अध्यक्ष बन्धुराज पराजुली, पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदास लगायतले बोलेका थिए । 

विसं. १९६० को दशकतिर स्व. रत्नमान खरदारले जीर्णोद्धार गरेको चैत्य २०५२ सालमा पुनर्निर्माण भएको थियो । चैत्यको संरक्षण र बुद्धको व्यवहारिक शिक्षालाई प्रचार गर्न २०५३ सालमा मैत्री संघको स्थापना भएको थियो । मैत्री संघले निःशुल्क बाल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार