मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

क्रान्तिकारीहरूले शान्त बस्न मिल्दैन : चन्द

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजमा जनअपेक्षाअनुसारको व्यवस्था बहालीमा बाधा रहेकाले माओवादी क्रान्तिकारीहरू शान्त बस्न नमिल्ने बताएका छन् ।

राजधानीमा सोमबार ‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रियामा उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने होड चलिरहेकाले चुप लागेर बस्न नमिल्ने बताएका हुन् ।

उनले भने, ‘अहिले नायकहरु अपराधी र अपराधीहरु नायकजस्तो बन्न थालेका छन् । क्रान्तिमा हारेका मान्छेहरुले कुण्ठा बोक्ने विषय जनयुद्ध होइन । जनयुद्धको जगमा नै नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने होड छ । दलाल र पुँजीवादीहरुले त्यसलाई कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरु, कम्युनिष्टहरु समाजवादीहरु जनताका लागि लडिरहेका छौं । कम्युनिष्टहरुको अन्तिम गन्तव्य लोकतान्त्रिक गणतन्त्र नेपाल मात्र होइन ।’

जनताको अपेक्षाअनुसारको व्यवस्था बहालमा अझै बाधाहरु रहेकाले क्रान्तिकारी शक्ति चुप लागेर बस्न नकिल्ने तर्क उनले गरे ।  

उनले भने, ‘क्रान्तिकारी, समाजवादीहरू, कम्युनिष्टहरुले नै देश परिवर्तन गर्नुपर्छ । यो लडाइँमा अहिले एउटा उथलपुथल चलिरहेको छ । कस्तो भने माओवादी भनेको शान्त बस्न नसक्ने शक्ति पनि हो । हेर्नुस् है आज यहाँ प्रचण्ड अध्यक्ष पनि आउनुभएको छ । मैले त पहिलेदेखि नै चलाउनुस् भन्ने सुझाव थियो। उथलपुथल पार्नुपर्छ । समाजमा जनतामा चिच्याइरहेका छन् । बेलामा माओवादी क्रान्तिकारीहरू शान्त बस्न मिल्दैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार