मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भैरहवाको सातौं लुम्बिनी महोत्सवमा 'द किसान घर' को आकर्षण : हिमाली र पहाडी अर्गानिक स्वादमा रमाउँदै उपभोक्ता

Ujyalosandeshonline 11768+ समाचार ( )
७ मंगशिर २०८२, आइतबार

भैरहवा । भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ मा यतिबेला दर्शकको भीड मात्र छैन, अर्गानिक तथा रैथाने स्वादका पारखीहरूको विशेष आकर्षण पनि देखिएको छ । ‘स्वस्थ जीवन, सुखी जीवन’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै महोत्सवमा राखिएको ‘द किसान घर’ नामक स्टलमा उच्च हिमाली र पहाडी भेगका शुद्ध खाद्यवस्तु किन्न उपभोक्ताको घुइँचो लाग्न थालेको छ ।

नेपालका विकट तर अर्गानिक उत्पादनका लागि कहलिएका हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, सल्यान, प्युठानदेखि सुदूरपश्चिमका डोटी र दार्चुलासम्मका रैथाने उत्पादनहरू अहिले भैरहवाबासीको रोजाइमा परेका छन् । मेलाको स्टल नम्बर २८ मा रहेको द किसान घरमा कोदो र फापरको पिठो, मकै तथा जौको आटो, जुम्ली सिमी जस्ता अन्नपातका साथै शुद्ध घिउ, नौनी, पनिर, खुवा, दही र दूध जस्ता दुग्धजन्य पदार्थहरू उपलब्ध गराइएको छ । यसबाहेक गुल्मीको प्रख्यात गुड, खुदो, चुक र स्वास्थ्यका लागि निकै लाभदायक मानिने सुगर फ्री स्टेभिया चिया समेत एकै ठाउँमा पाइनुले उपभोक्तालाई निकै सहज बनाएको छ ।

बजारमा मिसावटयुक्त र विषादी प्रयोग भएका खानेकुराको बिगबिगी बढिरहेको समयमा गाउँघरको शुद्ध उत्पादन सिधै किसानको घरबाट उपभोक्ताको भान्सासम्म पुर्‍याउने उद्देश्यले यो प्रयास थालिएको हो। पसलकी सञ्चालिका मधु भट्टराईका अनुसार भैरहवा तथा यस आसपासका उपभोक्तालाई विषादीरहित स्वस्थकर खाना खुवाउने अभियान अनुरुप ‘द किसान घर’ सञ्चालनमा ल्याइएको हो। उहाँले मध्य तथा सुदूरपश्चिमका अर्गानिक उत्पादनहरूलाई प्रवर्द्धन गर्दै उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

महोत्सव अवधिभर स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूले स्टल नम्बर २८ बाट यी सामग्री खरिद गर्न सक्नेछन् । महोत्सव सकिएपछि वा अन्य समयमा पनि यस्ता अर्गानिक उत्पादनहरू निरन्तर उपभोग गर्न चाहने ग्राहकहरूका लागि भैरहवाको सिद्धार्थनगर–८, विपीपथ (कान्छिबजार) स्थित मायादेवी तरकारी तथा फलफूल बजारमा ‘द किसान घर’ को स्थायी बिक्री केन्द्र सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार