मुख्य समाचार
इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने |

गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परे : रेखा शर्मा

Ujyalosandeshonline 12320+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रकी संसाद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परेको उल्लेख गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले भनिन्, ‘नेपालको संविधान २०७२ को दफा २९० मा गुठीको मूलभूत मान्यतामा प्रतिकुल असर नपर्नेगरी गुठी जग्गामा भू–अधिकार भइरहेका किसान र गुठीको अधिकारका सम्बन्धमा आवश्यक कानुन बन्न नसक्दा नागरिक समस्यामा परेका छन् । माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्न चाहन्छु ।’

उनले स्वर्गद्वारी गुठीका मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराइन् । एक हप्ता भइसक्दा पनि गुठीपीडितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीडित बिरामी पर्न थालेको बताइन् । 

प्रतिक्रिया

Bijay tripathi २५ माघ २०८१, शुक्रबार

राजा गइसकेको अवस्था किन चाहिन्छ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार