मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

प्रहरी नियन्त्रणमा नक्कली डाक्टर

Ujyalosandeshonline 12537+ समाचार ( )
८ माघ २०८०, सोमबार

काठमाडौं । चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा काम गर्ने गरेको भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका एक नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगर–२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई सार्वजनिक गरेको हो ।

उनले नेपाल मेडिकल काउन्सिलको नक्कली प्रमाणपत्र बनाएर डा. एस भट्टचार्यको नामबाट ठगिरहेको प्रहरी जनाएको छ । 

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टचार्यले विगत नौं महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् । 

त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको रेग्मीले बताए । 

प्रहरीका अनुसार उनले विदेश जाने कामदारका लागि समेत नक्कली मेडिकल रिपोर्ट बनाउने गरेका थिए । प्रहरीले  उनीमाथि इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार