मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

Ujyalosandeshonline 12674+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

दार्चुला । जिल्लाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म स्याउ फलेका छन् । ती गाउँका झण्डै ५० परिवारले व्यावसायिक र परम्परागत रुपमा स्याउखेती गरेका छन् । कलमी, गाला, इटालीयन फुजी जातका उन्नत स्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानी समस्याका कारण बिक्रीवितरण हुन नसकेको हिमालयन कृषि फार्मका सञ्चालक कपुर सिँह धामीले गुनासो गर्नुभयो ।

उहाँले व्यावसायिक स्याउखेती गरेका छन् । ५०० भन्दा बढी बोटमा १५/२० क्विन्टल स्याउ फले तर ढुवानीको समस्या र बजार अभावका कारण समस्या भएको उहाँले बताउनुभयो । “गाउँमा सबै परिवारले स्याउखेती गरेका छन्, एक सयभन्दा बढी बोटबिरुवा हुने १०÷१२ परिवार छन्, अरूले त अलिअलि बिक्री गरे, आफन्त आफन्तलाई दिए, आफ्नो त १० क्विन्टल जति स्याउ त्यत्तिकै छ,” धामीले भन्नुभयो, “एक सय रुपैयाँ प्रतिकिलोका दरले गाउँमै एक क्विन्टल जति बिक्री गरेँ, गाडीसम्म ढुवानी गर्दा एक दिन पूरै लाग्छ, त्यहाँ लगरे पनि बिक्री हुने नुहुने ठेगान छैन ।” 

अपी हिमाल–३ का कसौती गाउँमा जनक सिँह कार्कीले पनि व्यावसायिक स्याउखेती गरेका छन् । कसौती अझै पाथाभन्दा टाढा हो । त्यताको स्याउ झन् के बिक्री हुन्थ्यो कृषकहरुले चिन्ता व्यक्त गरेका छन् । आजभन्दा तीन वर्षअघि पाथामा घरेलु तथा साना उद्योग विकास कार्यालयले पाथा गाउँमा चिस्यानकेन्द्र निर्माण गरेको छ, अहिले केन्द्र कपुर धामीको १० क्विन्टल र अरू किसानको गरी १५ देखि २० क्विन्टल स्याउ थन्किएको छ । विद्युत् आपूर्ति नियमित नहुँदा र लामो समयसम्म केन्द्रमा स्याउ थन्किने चिन्ताले किसानहरु चिन्तित भएको उहाँको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार