मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

५४ लाख बराबरको सामान राजश्व कार्यालय पथलैयामा बुझाइयो

Njn Khanal 16+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

रौतहट । बारा प्रहरीले ५४ लाख ३५ हजार बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको गस्ती टोलिले करीब साढे २ बजेको समयमा ना ५ ख ६७४७ नम्बरको ट्रकलाई चेकजाँच गर्दा अवैधरुपमा रहेको सामान बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्रहरी सहायक निरीक्षक राजन शिवाकोटीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरस्थित कार्यालय अगाडि चेक पोवाईन्टमा ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामान रहेको पाइएको छ । बीरगंजबाट रुपन्देही जाँदै गरेको उक्त सामनको स्रोत खुलाउन नसकेकाले बरामद गरिएको उनको भनाइ छ ।

उक्त ट्रकमा रू.५४ लाख ३५ हजार २ सय ७८ रूपैयाँ बराबरको कपडा, लङ, धागो, चप्पललगायत अन्य खुद्रा सामानहरु रहेको उनले जानकारी दिए । सामानसहित नियन्त्रणमा लिइएको ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार