मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

अर्घाखाँची धार्मिक पर्यटनको केन्द्र बन्दैछ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12618+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताएका छन् । सुपा देउराली मन्दिर संरक्षण समितिको १३ औं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।

‘अर्घाखाँची धार्मिक, साँस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो । यहाँ पाणिनी तपोभूमि, अर्घा दरबार, मालारानी, बलकोट पौवा, सिद्धेश्वर मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिकस्थलहरू छन् । सुपा देउराली मन्दिरमा वार्षिक लाखौं भक्तजन आउने गरेका छन्, व्यवस्थित प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ’मुख्यमन्त्री आचार्यले भने,‘धार्मिक पर्यटकहरु आकर्षित हुँदै गएको पाएका छौं ।

थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।’उनले डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गरे । ‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ,’उनले भने–‘देश तथा विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्दत पुग्छ ।’मुख्यमन्त्री आचार्यले सुपा देउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाई, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिए ।

उनले सफाई कर्मचारीको व्यवस्था गर्न, भेटी संकलनको पारदर्शी उपयोग गर्न र मन्दिरको गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्ने धारणा राखे । ‘संकलित भेटी मन्दिरको सौन्दर्यकरणमा खर्च गर्नुपर्छ’उनले भने,‘ठूला निर्माणका नाममा बजेट छरपष्ट गर्नुहुँदैन । पूर्वाधार निर्माणको जिम्मेवारी सरकारले लिन्छ, समितिले गुरुयोजनाका आधारमा काम गर्नुपर्छ ।’

मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको धार्मिक पर्यटनलाई थप प्रवद्र्धन गर्नुपर्ने बताउँदै पाणिनी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए  । ‘देशभित्र र बाहिरका धर्मगुरुलाई यहाँ ल्याएर पाणिनि सम्मेलन गर्दै छौं’उनले भने,‘पतञ्जलि ऋषि यही पवित्र भूमिमा जन्मनुभएको हो, यसको प्रचारप्रसार पनि सन्तोषजनक रूपमा हुन सकेको छैन । यसलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।

मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकहरूको आगमन बढाउने हो भने योजनाबद्ध रूपमा काम गर्न आवश्यक रहेको बताउँदै व्यवस्थित प्रचारप्रसार गर्न सके वर्षको १५–२० करोड रुपैयाँ आम्दानी गर्न धारणा राखे । गुरुयोजनाले तोकेको निर्माण कार्य गर्न अब अरू कसैको मुख ताक्नुपर्ने अवस्था नरहने भन्दै धार्मिक पर्यटनको दीर्घकालीन सम्भावनामा जोड दिए । 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल लगायतले धारणा राखेका थिए । समितिका अध्यक्ष फर्सबहादुर खत्रीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण हरि खनालले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार