स्याउ बोकेको ट्रक दुर्घटना

रासस 673+ समाचार ( )
५ अशोज २०८३, सोमबार

जुम्ला । जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका– १ स्थित भिग्ममा ट्रक दुर्घटनामा परेको हो । उक्त ट्रकमा ४५० कार्टुन स्याउ रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो । नदी किनारमा खसेका स्याउ काम नलाग्ने भई रु आठ लाख बराबरको क्षति भएको तातोपानी–१ का वडाध्यक्ष कर्णबहादुर कठायतले बताउनुभयो । स्थानीय राँका गाउँका किसानबाट सङ्कलन गरी उक्त स्याउ बिक्रीका लागि लगिँदै थियो ।

औषधसहित दुई जना पक्राउ

यसैबीच, प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार केशव देवकोटा र नवीन न्यौपानेलाई लागुऔषधसहित पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई गुठीचौर–४ बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ब्राउनसुगर १६ ग्राम ८६० मिलिग्राम बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार