मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

Ujyalosandeshonline 12461+ समाचार ( )
१६ वैशाख २०८३, बुधवार

काठमाडौं । मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ । विभागले मौसममा आएको फेरबदलले मुलुकको विभिन्न भागमा हुस्सु, कुहिरो तथा वर्षा हुन थालेपछि किसानले खेतमा काटेर राखेका गहुँमा क्षति हुने जोखिम उच्च रहेकाले त्यसको न्यूनीकरणका लागि गहुँको उत्पादनलाई घरमा लगेर भण्डारण गर्न आग्रह गरेको हो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले खाद्यान्नका लागि प्रयोग गरिने गहुँ भण्डारणमा कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा ४–५ इन्च जति छहारीमा सुकाएको सुकिलो नीम, बकाइनो र तितेपातीजस्ता बोटबिरुवाको पात प्रयोग गर्नसमेत सुझाव दिनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि सूचना केन्द्रले समेत किसानलाई कृषि उत्पादनमा प्रविधिक सुझाव, उत्पादन वृद्धि, बाली संरक्षण, क्षति न्यूनीकरण, बजारीकरण आवश्यक सूचना उपलब्ध गराउँदै आएको छ । 

केन्द्रले गहुँलगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषि अवशेषहरू नजलाउन भनेको छ । यस वर्ष करिब २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको कृषि सूचना केन्द्रले जनाएको छ । गर्मी बढेसँगै लामखुट्टे, झिँगा, किर्ना आदिको सङ्ख्या पनि बढ्ने र गाई, भैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण हुने जोखिम रहेको केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो । केन्द्रले गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप अनिवार्य रुपमा लगाउन पशुपालक किसानलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार