मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन

Ujyalosandeshonline 11005+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

ललितपुर । चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ । १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्न सफल भएको हो ।

दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक जित्यो । एपिएफले ५० हजार हात पार्यो । त्रिभुवन आर्मी क्लब तेस्रो भयो। उसले २ स्वर्ण ३ रजत र ५ कास्य गरी १० पदक प्राप्त गर्यो। उसलाई २५ हजार प्रदान गरियो ।

प्रतियोगितामा पुरूषतर्फ एपिएफका मोहम्मद शेखु आलम र माहिलातर्फ पुलिसकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए । दुवैलाई जनही २५ हजार प्रदान गरियो ।

प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुषतर्फ र महिलातर्फ कर्णालीकी प्रियंका शाही उदयीमान खेलाडी बने । उनीहरूलाई अन्तराष्ट्रिय स्तरको खेल सामाग्री प्रदान गरिएको छ । बागमती प्रदेश अनुशासित टिम बन्यो ।

प्रतियोगिताको अन्तिम दिन आज महिला ६८ केजी माथीको तौल समुहमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरूङले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बागमतीकी महिमा राईलाई ८–० को फराकिलो अन्तरले पराजित गरिन् । गण्डकीकी सुनिता थापाले कास्य हात पारिन् ।

६८ केजीमुनि पुलिसकी रोजिता ढुङ्गेल पहिलो भईन्। उनले प्रतिस्पर्धात्मक फाइनलमा आर्मीकी सानु तामाङलाई ४–३ को स्कोरमा पाखा लगाइन् । एपिएफकी बिनिता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृती दुम्जनले कास्य पदक प्राप्त गरे ।

महिला ५० केजीतर्फ आर्मीकी प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रिती तामाङलाई १२–२ को सहज सकोरले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । एपिएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भए ।

पुरूष ६० केजीमा एपिएफका मीन बहादुर तामाङले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका राकेश लामालाई ९–१ को स्कोरमा माथ दिए । बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरूङ तेस्रो भए ।

८४ केजी माथीको स्पर्धामा एपिएफका तेन्जिङ शेर्पाले पुलिसका आशिष श्रेष्ठलाई ९–० ले पराजित गर्दै स्वर्ण जिते  । गण्डकी प्रदेशका प्रविण कुँवर र आर्मीका संगम भुजेलले कास्य पदक  प्राप्त गरे ।

प्रतियोगितामा सात  प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडीको सहभागीता रहेको थियो । नेपाल कराते महासंघको ललितपुर जिल्ला मेन डोजोद्वारा आयोजित प्रतियोगितामा कुल १७ स्पर्धामा खेलाडीहरूले भाग लिएका थिए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्मे खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार