मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट :
गण्डकी विरुद्ध पुलिसको ७ विकेटको सहज जीत

Ujyalosandeshonline 12614+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

भैरहवा । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । यस संगै पुलिसले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै ६ खेलमा ६ जित निकालेको छ । 

९३ रनको झिनो लक्ष्य सहित मैदान छिरेको पुलिसले कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा १६ ओभरमै जित निकालेको छ । दिपेन्द्रले २३ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ५४ रन बनाए । यस्तै अर्जुन साउदले अविजित १८ रन र दिलिपनाथले १० रन बनाए । 

बलिङमा गण्डकीका विपिन खत्री र सुवास भण्डारीले समान १/१ विकेट लिनुभयो ।

यस अघि गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई मात्र ९३ रनको लक्ष्य दिएको थियो । भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको गण्डकी पुलिसको बलरहरुको अगाडी निरिह देखिएको थियो । यद्दपी गण्डकीका अलराउण्डर अर्जुन कुमाल क्रिजको एक छेउमा जमे पनि अन्य ब्याट्सम्यानहरुको साथ पाउन सकेनन । अर्जुनले ६३ बल खेलेर ८ चौकाको सहयोगमा ४८ रन बनाए । यस्तै रोहित चन्द र सुवास भण्डारीले समान १० रन बनाउदा अन्य ब्याट्सम्यानहरु दोहोरो अंक समेत जोड्न सकेनन् । 

गण्डकीको टोलीलाई सस्तोमै समेट्न नेपाल पुलिस क्लबका ललित राजवंशीले ५ विकेट लिए । उनले ५.२ ओभरमा २ मेडेन सहित मात्र ७ रन खर्चिएर गण्डकीको मध्यक्रम भंग गर्न महत्वपूर्ण भूमिका खेले । यसै गरि गुलशन झाले ८ ओभरमा १ मेडेन सहित ४२ रन दिएर ४ विकेट लिए ।

प्रतियोगितामा ६ खेल खेलेको नेपाल पुलिस ६ वर्टमा जित किाल्दै १२ अंकका साथ प्रतियोगिताको अंक तालिकाको शिषए स्थानमै कायम रहेको छ भने ६ खेल नै खेलेको गण्डकी १ मा जित र ५ मा हार गरि २ अंक लिएर प्रतियोगिताको पुछारमा पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार