मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

प्रधानमन्त्री कप क्रिकेट :
गण्डकी विरुद्ध पुलिसको ७ विकेटको सहज जीत

Ujyalosandeshonline 11768+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

भैरहवा । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । यस संगै पुलिसले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै ६ खेलमा ६ जित निकालेको छ । 

९३ रनको झिनो लक्ष्य सहित मैदान छिरेको पुलिसले कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा १६ ओभरमै जित निकालेको छ । दिपेन्द्रले २३ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ५४ रन बनाए । यस्तै अर्जुन साउदले अविजित १८ रन र दिलिपनाथले १० रन बनाए । 

बलिङमा गण्डकीका विपिन खत्री र सुवास भण्डारीले समान १/१ विकेट लिनुभयो ।

यस अघि गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई मात्र ९३ रनको लक्ष्य दिएको थियो । भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको गण्डकी पुलिसको बलरहरुको अगाडी निरिह देखिएको थियो । यद्दपी गण्डकीका अलराउण्डर अर्जुन कुमाल क्रिजको एक छेउमा जमे पनि अन्य ब्याट्सम्यानहरुको साथ पाउन सकेनन । अर्जुनले ६३ बल खेलेर ८ चौकाको सहयोगमा ४८ रन बनाए । यस्तै रोहित चन्द र सुवास भण्डारीले समान १० रन बनाउदा अन्य ब्याट्सम्यानहरु दोहोरो अंक समेत जोड्न सकेनन् । 

गण्डकीको टोलीलाई सस्तोमै समेट्न नेपाल पुलिस क्लबका ललित राजवंशीले ५ विकेट लिए । उनले ५.२ ओभरमा २ मेडेन सहित मात्र ७ रन खर्चिएर गण्डकीको मध्यक्रम भंग गर्न महत्वपूर्ण भूमिका खेले । यसै गरि गुलशन झाले ८ ओभरमा १ मेडेन सहित ४२ रन दिएर ४ विकेट लिए ।

प्रतियोगितामा ६ खेल खेलेको नेपाल पुलिस ६ वर्टमा जित किाल्दै १२ अंकका साथ प्रतियोगिताको अंक तालिकाको शिषए स्थानमै कायम रहेको छ भने ६ खेल नै खेलेको गण्डकी १ मा जित र ५ मा हार गरि २ अंक लिएर प्रतियोगिताको पुछारमा पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार