मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |

नेपालमा मौसम पूर्वानुमान गर्न किन कठिन छ ?

Ujyalosandeshonline 12523+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

काठमाडौं । जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ति कंडेलले नेपालको भौगोलिक विविधता, सिमित स्रोत साधन, आवश्यक जनशक्तिको कमीले मौसम पूर्वानुमान गर्न कठिन भएको बताएकी छन् । 

उनले मौसम पूर्वानुमान गर्न धेरै मेहनत गर्ने गरेको भन्दै कहिलेकाहीँ पूर्वानुमान नमिल्नुको कारण धेरै रहेको बताइन् । उनले नेपालको भौगोलिक विविधताका कारण नेपालको मौसम र जलवायुमा विविधता हुने बताइन् 

उनले भनिन्, ‘जति धेरै भौगोलिक विविधता हुन्छ त्यती नै धेरै मौसम पूर्वानुमान पनि चुनौतिपूर्ण हुन्छ । विभिन्न तत्वहरुको उपस्थितिले वायुमण्डलमा भद्रगोल रुपमा रहेको हुन्छ । आज भएको नगन्य परिवर्तनले भोलि निकै ठूलो मौसममा परिवर्तन ल्याउन सक्छ ।’

उनले मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि नेपालमा भित्र्याउन नसकेको भन्दै भौतिक र प्राविधिक स्रोत साधनहरुको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको जानकारी दिइन् । 

‘विश्वव्यापी रुपमा प्रविधिले फड्को मार्दै गर्दा मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि हामीले भित्र्याउन सकेका छैनौ । नियमितरुपमा मौसम पूर्वानुमान गर्न आवश्यक जनशक्तिका साथै, भौतिक र प्राविधिक स्रोत साधनहरुको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको छ,’ उनले भनिन् । 

मौसम पूर्वानुमान नमिल्नुको अर्को कारण तथ्यांकको सिमितता रहेको भन्दै उनले नेपालमा उच्च पहाडी तथा हिमाली भू–भागहरुको नियमितरुपमा प्रर्याप्तरुपमा तथ्यांक संकलन गर्न नसकिंदा मौसम पूर्वानुमान थप जटिल बनेको बताइन् । 

उनले हाल नेपाललगायत विश्वव्यापीरुपमा गणितीय मौसम पूर्वानुमान प्रणालीको प्रयोग गरी मौसम पूर्वानुमान गर्ने गरेको र तर नेपालको भुगोल सुहाउँदो एवम आवश्यक अध्ययन अनुसन्धान नहुँदा साथै आवश्यक तथ्यांक प्रयोग गर्न नसक्दा नेपालको मौसम पूर्वानुमान जटिल बनेको बताईन् । वरिष्ठ मौसमविद् कंडेलले चुनौतिको बावजुत पनि मौसम पूर्वानुमान्मा विश्वस्सनीय र भरपर्दो बनाउँदै लगिरहेका जानकारी गराइन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार