मुख्य समाचार
सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा | निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न | भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’ | “भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ” | विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म | रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति | पहिचानवादी शक्तिहरू एक ठाउँमा: रुपन्देहीमा तीन दल एउटै चुनाव चिन्हबाट लड्ने | पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज | खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’ | गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा |

पवनकुमार सेठिया स्मृति क्रिकेट: रुपन्देही–११ द्वारा एकदिवसीय सिरिज ‘क्लिनस्वीप’

Ujyalosandeshonline 10071+ समाचार ( )
२७ पौष २०८२, आइतबार

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत एकदिवसीय सिरिज रुपन्देही–११ ले क्लिनस्वीप गरेको छ । सिरिजको अन्तिम खेलमा आइतबार रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ८२ रनले हराउँदै सिरिज क्लिनस्वीप गरेको हो । रुपन्देहीले सिरिजको पहिलो खेल ८७ र दोस्रो खेल ४९ रनले जितेको थियो । यसअघि भएको दुई दिवसीय टेष्ट पनि रुपन्देहीले जितिसकेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले मौसमका कारण २८ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल बनायो । उसका लागि अमर मिश्राले ३९, मिर्नाल गुरुङले ३१, देव खनालले २८, समीर अलीले २२, आकाश त्रिपाठीले १८, निश्चल ज्ञवालीले १६ र प्रज्वल थापाले १५ रनको योगदान गरे । बलिङमा आर्मीका घनश्याम पाण्डेले २ तथा अनिश धामी, कृष्णप्रसाद भट्टराई, पवन कार्की र जितेन्द्रसिंह ठकुरीले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको आर्मी २४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रनमा सीमित रह्यो । उसका लागि अनिश धामीले २६, प्रेम गुरुङले २५, पवन कार्कीले २३ र जितेन्द्रसिंह ठकुरीले १२ रन बनाए । बलिङमा रुपन्देहीका सन्देश थापाले ४, देव खनालले २ तथा विप्रसन केसी, अजयकुमार चौहान र मिर्नाल गुरुङले १–१ विकेट लिन सफल भए । खेलमा सन्देश थापा प्लेयर अफ द म्याच भई दुई हजार रुपैयाँ प्राप्त गरे । नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा भइरहेको हो ।

दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज सकिएसँगै अब टि–ट्वान्टी सिरिज हुने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार