मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

रासस 710+ समाचार ( )
१५ चैत्र २०८२, आइतबार
गण्डकी । पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास गर्न सकिनेमा आज पोखरामा आयोजित कार्यक्रममा जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा होटल सङ्घ पोखरा नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरूले तीन क्षेत्रलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ को अवधारणाअन्तर्गत पर्यटन प्रवर्द्धन गर्न सकिने बताएका थिए ।

पर्यटन बोर्डका प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, लुम्बिनी र चितवनलाई सिल्भर ट्रयाङ्गलको रूपमा अगाडि बढाउन सकिने धारणा राख्नुुभयो । पोखरालाई पर्यटनको मुख्य केन्द्रका रूपमा विकास गरी लुम्बिनी र चितवनलाई समेटेर पर्यटन तथा व्यावसायिक आदानप्रदान र पबद्र्धनका गतिविधि सञ्चालन गर्न सकिने उहाँले बताउनुुभयो । 

कार्यक्रममा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, सङ्घका पोखरा अध्यक्ष लक्ष्मण सुवेदी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, सङ्घका कोषाध्यक्ष नेत्रप्रसाद पौडेललगायतले पोखरा, लुम्बिनी र चितवनको पर्यटकीय साझेदारीमा जोड दिनुुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार