नवलपरासीमा लागु औषध सहित ५ जना पक्राउ

Ujyalosandeshonline 12104+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

परासी । पश्चिम नवलपरासीको रामग्राम र पाल्हीनन्दनबाट लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१२ पचगावाबाट एक जना र पाल्हीनन्दन गाउँपालिका–३ बेलाशपुरबाट ४ जना रहेको नवलपरासी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पक्राउ पर्नेमा रामग्राम–१२ का ५५ वर्षीय पुरस्कार थारु, पाल्हीनन्दन–३ का २१ वर्षीय प्रमोद कुमार कशौधन, १८ वर्षीय अनुप कुमार गौतम, रामग्राम –९ का १८ वर्षीय राजकुमार जयसवाल र पाल्हीनन्दन –३ कै १८ वर्षीय धीरज बानिया रहेका छन् ।

रामग्रामको पचगावाबाट थारुलाई खैरो हिरोईन जस्तो देखिन धुलो पदार्थसहित प्रहरीले पक्राउ गरेको थियो। उनको साथबाट चार पुरियाको ८ ग्राम ६४० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र प्लाष्टिकको डिब्बा भित्र रहेको रातो खैरो देखिने धुलो पदार्थ ८२ ग्राम ६८० मिलिग्राम फेला परेको डिएसपी बोहराले बताउनुभयो ।

यस्तै पाल्हीनन्दन–३ बेलाशपुरबाट पक्राउ परेका चार जना युवाको साथबाट डाईजोपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल,बुप्रिनुर्फिन ५० एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जना विरुद्ध थप अनुसन्धान भईरहेको डिएसपी बोहराले जानकारी दिनुभयो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार