मुख्य समाचार
मन्त्री सुनिल लम्सालको सक्रियतामा सालझण्डी–ढोरपाटन सडक निर्माणले छायो उत्साह | सडकमा थ्रेसर चलाउन र पराल जलाए कानुनबमोजिम कारबाही हुने – तिलोत्तमा नगरपालिका | भारतीय गाडीमा फल्सबटम बनाएर गाँजा तस्करी, दुई जना प्रहरी नियन्त्रणमा | लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान रिहा | लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खान पक्राउ | चक्रवात ‘अर्नब’को प्रभाव: नेपालमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह | गरुडाको मेयरमा कांग्रेस नेत्री रंगीला देवी जयसवालद्वारा उम्मेदवारी घोषणा | बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न | दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे | कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल |

मन्त्री सुनिल लम्सालको सक्रियतामा सालझण्डी–ढोरपाटन सडक निर्माणले छायो उत्साह

Ujyalosandeshonline 12594+ समाचार ( )
११ कार्तिक २०८३, मङ्गलबार

भैरहवा । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाअन्तर्गत गुल्मीको पुर्कोटदहदेखि अर्खवाङ खण्डमा सडक कालोपत्रेको काम तीव्र गतिमा सुरु भएको छ । दसैँलगत्तै पुर्कोटदह र म्यालपोखरी बजार क्षेत्रमा ‘डबल बिटुमिनस सर्फेस ड्रेसिङ’ (डीबीएसडी) प्रविधिमार्फत कालोपत्रे गर्न थालिएको हो ।

हालै सो खण्डको स्थलगत निरीक्षण गर्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दसैँ र तिहारबीचको अवधिमा पुर्कोटदहदेखि कल्लेभीरसम्मको करिब ७.३ किलोमिटरसम्म कालोपत्रे सम्पन्न गर्ने गरी आवश्यक सामग्री व्यवस्थापन भइसकेको जानकारी दिनुभयो । लामो समयदेखि निर्माणाधीन यस रणनीतिक सडकलाई छिटोभन्दा छिटो सम्पन्न गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको र मन्त्री लम्सालको सक्रिय नेतृत्वका कारण आयोजनाका विभिन्न खण्डमा निर्माण कार्यले उल्लेख्य गति लिएको छ ।

आयोजनाअन्तर्गत अर्घाखाँचीको पटौटी–मौदान, माटे–भण्डार तथा बागलुङको फल्लेघर–रुद्रताल खण्डमा काम अघि बढेको छ भने बुर्तिवाङ–फल्लेघर २२ किमी सडकमा ग्राभेल सम्पन्न भइसकेको छ । साथै मैदान–बलेवाङ, देवीस्थान–बतासेडाँडा र ढोरपाटन–लक्ष्मीकुण्ड खण्डको ठेक्का प्रक्रियासमेत पूरा भइसकेको छ । आर्थिक वर्ष २०६६/६७ बाट सुरु भई हालसम्म ४९ प्रतिशत भौतिक प्रगति हासिल गरेको १९७.२ किलोमिटर लामो यो सडकले पाँच जिल्लाका १० स्थानीय तहलाई जोड्नेछ । सडक निर्माण पूर्ण भएपछि यस क्षेत्रका बासिन्दाको आवागमन सहज हुनुका साथै स्थानीय तहबीचको सम्पर्क र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार