मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

मोबाइल आयात बढ्यो, रोकिएन भन्सार छली

Ujyalosandeshonline 12321+ समाचार ( )
९ असार २०८१, शनिबार

काठमाडौं । नेपालमा मोबाइल फोन आयात बृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मुल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्यांक छ । 

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०७९।८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८।८१ को सोही अवधिसम्ममा २ लाख ८२ हजार थान बढी मोबाइल आयात भएको हो । गत वर्षको साउनदेखि जेठसम्ममा नेपालमा १४ लाख २७ हजार थान मोबाइल भित्रिएको थियो ।

गत वर्षको तुलनामा चालु आवको पछिल्लो ११ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको मोबाइल आयत भएको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार यो वर्ष २६ अर्ब ३३ करोड रुपैयाँ भन्सार मूल्य बराबरको मोबाइल आयात हुँदा गत वर्षको सोही अवधिमा २२ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्यको मात्रै मोबाइल आयात भएको तथ्यांकले देखाउँछ ।

नेपालमा भित्रिएका यस्ता मोबाइल औषतमा १५ हजार रुपैयाँभन्दा बढीको छ । तर नेपालमा अवैध बाटोबाट मोबाइल भित्रिएका कारण व्यवसायीहरु बढी मारमा पर्ने गरेका छन् ।

मोबाइल सेटको वैधता नियमन प्रणाली एमडीएमएस प्रणाली कार्यान्वयन नहुँदा भन्सार छली बढेको व्यवसायीहरुको माग छ ।

नेपाल मोबाइल व्यवसायी महासंघले ग्रे मोबाइलको कारोबार रोक्नुपर्ने, चोरीको मोबाइल मर्मतका समयमा ब्यवसायीसम्म पुग्दा व्यवसायीहरूले प्रहरी प्रशासनबाट भोग्दै आएको झमेला अन्त्य गरिनुपर्ने तथा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई नीति बनाएरै ब्यवस्थित गर्न दबाब दिंदै आएको छ । 

खुला सिमाना तथा भन्सार छलीमार्फत ५५ सय मोबाइल सेट मासिक रुपमा नेपालमा भित्रने गरेको महासंघको दाबी छ । यसको मासिक भ्यालु ४४ करोड र वार्षिक ५ अर्ब २८ करोड रकम भन्सार छली हुने गरेको महासंघको रेकर्डमा छ । 

यसैगरी विदेश जाने नेपालीहरुले आफन्त तथा साथीभाइहरुका लागि ५५ देखि ६० हजार मोबाइल सेट उपहार स्वरुप ल्याइदिएको तथ्यांकले देखाउँछ । ती मोबाइलको मूल्य करिब १ अर्ब ८० करोड हुन आउने देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार