मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

इरानी निर्देशक मोहम्मदलाई आठ वर्षको जेल सजाय

Ujyalosandeshonline 11005+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । असन्तुष्ट इरानी निर्देशक मोहम्मद रसूलोफलाई इरानी अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ । जेल सजायसँगै उनलाई जरिवाना, सम्पत्ति जफत गरेर कोर्रा मार्न पनि आदेश दिएको छ ।

रसूलोफका वकिल बाबाक पकनियाले बुधबार एक्स(ट्वीटर)मा एक पोस्ट लेख्दै अदालतको आदेशबारे जानकारी दिएका छन् । पकनियाका अनुसार अदालतको फैसला इस्लामिक रिवोल्यूशन कोर्टको २९ औं शाखाद्वारा जारी गरिएको थियो र आइना कोर्ट अफ अपिल्सको ३६ शाखाले यसको पुष्टि गरेको थियो । पकनियाले अदालतले रसूलोफको सार्वजनिक अभिव्यक्ति, उनका फिल्म र वृत्तचित्रले देशको सुरक्षाविरुद्ध अपराध गर्ने उद्देश्य अनुरुप रहेको कारण जनाउँदै अदालतले आदेश दिएको बताए ।

रसूलोफलाई सजाय ‘कान फिल्म फेस्टिभल’ अगाडि नै सुनाइएको हो । यो फेस्टिभलमा उनको नयाँ फिचर फिल्म ‘सीड अफ द सेक्रेड फिग ट्री’को विश्व प्रिमियरका लागि तयारी गरिएको थियो । फेस्टिभल आयोजक इरानी अधिकारीले निर्देशकलाई फेस्टिभलका लागि फ्रान्सको यात्रा गर्ने अनुमति दिने आश्वस्त भइरहँदा अदालतले यो सजाय सुनाएको हो ।

रसूलोफ ईरानी फिल्म उद्योगमा तेहरानका कट्टर शासनको सबैभन्दा कडा आलोचकमध्ये एक हुन् । उनलाई सन् २०२२ जुलाईमा लोकप्रिय विरोध प्रदर्शनको सम्बन्धमा सुरक्षाबलसँग संयम अपनाउने माग गर्ने एक निवेदनमा हस्ताक्षर गरिएको आरोपमा पक्राउ गरिएको थियो ।

२०२३ को फेब्रुअरीमा उनलाई स्वास्थ्य अवस्थाका कारण अस्थायी रुपले रिहा गरिएको थियो । सोही समयदेखि उनी घरमै नजरबन्द थिए । गत वर्ष ‘कान्स’मा उनलाई आफ्नो अन सर्टेन रिगार्ड जुरीमा काम गर्नका लागि निमन्त्रणा गरिएको थियो । तर, उनलाई इरान सरकारले त्यहाँ जान अनुमति दिएन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार