मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

अर्थ समिति सभापति चालिसेको दाबीः‘पैसा छ, तर बजार चलायमान छैन’

Ujyalosandeshonline 12338+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशको बजार सुधारन्मुख रहेको दाबी गरेका छन्। बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साधारण सभामाबोल्दै सभापति चालिसेले बजारमा पैसा अभाव नभएपनि त्यसले अपेक्षाकृत गतिशीलता लिन नसकेको बताएका हुन् ।

उनले भने, “पैसाको खाँचो छैन। पैसै पैसा छ तर बजार चलायमान छैन। यो बडो दुःखको कुरा हो। तर अहिले सुधार भइरहेको छ। व्यवसायीक साथीहरूले काम गरिरहनुभएको छ तर त्यो कामबाहिर आउन सकेको छैन। बजार सुधारन्मुख छ अहिले।”

चालिसेले विगतका केहीचुनौतीपूर्ण घटनाक्रमले देशको व्यवसाय क्षेत्रमा गहिरो प्रभाव पारेको भन्दै त्यसको असर अझै देखिन सकिने पनि बताएका छन् । उनले कोभिड–१९ महामारी, २०७२ सालको विनाशकारी भूकम्प, र त्यतिबेलाको आर्थिक मन्दीले गर्दा व्यवसायले अझै पुरानो लय समात्न नसकेको धारणा व्यक्त गरेका छन् ।

“१६प्रतिशतको ब्याजदर ८ प्रतिशतमा झरे पनि बैंकहरूमा ऋण लिन कोही आउन सकेका छैनन । किनभने, कोभिड र भूकम्प जस्ता घटनाले व्यापार व्यवसाय थला परेको थियो, जसको प्रभाव अझै पनि व्यवसायीक क्षेत्रमा देखिएको छ । पुराना ऋणका बोझले सबैजना समस्यामा छन्। त्यसैले निर्माण क्षेत्रले पनि गति लिन सकेको छैन,”उनले भने।

चालिसेले सुधारका लागि आवश्यक नीतिगत परिवर्तन र सहजीकरणको खाँचो रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन्। उनका अनुसार, व्यवसायीक क्षेत्रमा अझै सुधारको सम्भावना छ, तर त्यसका लागि सरकारले सहजीकरणको वातावरण तयार पार्नुपर्ने र व्यवसायीहरूलाई थप सहयोग पु¥याउनु पर्ने आवश्यकता रहेको छ ।

सभामा अन्य वक्ताहरूले पनि व्यवसायीक क्षेत्रमा देखिएका चुनौती र त्यसका समाधानका उपायहरू बारे छलफल गरेका थिए । अर्थ समितिका सभापति सन्तोष चालिसेले बजार सुधार न्मुख रहेको बताएका छन । 

बिहिवार स्टक ब्रोकर एसोसिएसनको को ३० औं वार्षिक साधारण सभामा बोल्दै सभापति चालिसेले भने, ‘पैसाको खाँचो छैन । पैसै पैसा छ तर बजार चलायमान छैन । बडो दुखको कुरा छ ।तर, अहिले सुधार भएको छ । व्यवसायीक साथीहरु काम गरिरहनु भएको छ । तर, त्यो कामबाहिर आउन सकेको छैन । सुधारन्मुख छ अहिले ।’

चालिसेले कोभिड, ०७२ सालको भुकम्प लगायतका समयमा थला परेको व्यवसायले गर्दा बैंकको व्याजदर घट्दा पनि बैंकहरुमा ऋण लिने कोही नभएको बताएका छन । ‘१६ प्रतिशतको व्याजदर ८ प्रतिशतमा झर्दा पनि बैंकमा ऋण लिने कोही छैन । किनभने, कोभिड, ०७२ सालको भुकम्प लगायतको बेलामा थला बसेको व्यापार व्यवसाय अहिलेसम्म उठ्न सकेको छैन । त्यहीँ बेलाकाृे ऋणले सबै थला बसीरहेको छ । निर्माण हुन सकिरहेको छैन ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार