मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कपिलवस्तुमा दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई रोड ब्यारिगेट हस्तान्तरण

Ujyalosandeshonline 12612+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

नारद कोहार

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुलाई रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरण र रोकथामका लागि नगरपालिकाले प्रहरीलाई एक दर्जन ब्यारीगेट प्रदान गरेको हो ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल प्रजिअ बिश्व प्रकाश अर्यालले प्रहरी उपरीक्षक नवरत्न पौडेललाई रोड ब्यारिगेट हस्तान्तरण गरेका थिए । सो अवसरमा नगर प्रमुख पौडेलले दुर्घटनाको सङ्ख्या बढे पछि प्रहरीको आग्रह अनुसार आफूहरूले ब्यारिगेट उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो ‘नगरपालिकाका व्यस्त चोक र चौराहामा ब्यारिगेट राखियो भने दुर्घटना रोकथामका लागि सहयोगी बन्ने छ ।’प्रजिअ अर्यालले सुरक्षा समितिमा गरेको सल्लाह अनुसार प्रहरीले विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि त्यत्ति उपलब्धि हुन नसकेको बताउनुभयो । कपिलवस्तुमा दुर्घटनाको सङ्ख्या निरन्तर बढ्नु चिन्ताको विषय भएको भन्दै उहाँले दुर्घटना न्यूनीकरणका लागि नागरिकहरू आफै सचेत हुनु पर्ने बताउनुभयो ।

प्रहरी उपरीक्षक पौडेलले नगरपालिकाले दुर्घटना रोकथाम र न्यूनीकरणका लागि आफूहरूले चालेको अभियानमा साथ दिएर राम्रो काम गरेको बताउनुभयो । प्रत्येक ब्यारिगेटमा ट्राफिक सम्बन्धी सचेतनामूलक सन्देश समेत राखिएको छ । प्रहरी उपरीक्षक पौडेलले कपिलवस्तुमा सडक दुर्घटना ठुलो समस्याका रूपमा देखा परेकोले यसको रोकथाम र न्यूनीकरणका लागि पालिकाहरूले साथ दिनु पर्ने बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८०–०८१ को साउन देखि फागुन २१ गते सम्म जिल्लामा ४ सय ६८ दुर्घटनामा ४७ जनाको मृत्यु भएको छ । यस्तै ७ सय ९८ जना घाइते भएको र दुर्घटनामा ५ सय २४ सवारी संलग्न रहेका छन् । सो अवधिमा २२ हजार १ सय ५८ सवारीलाई कारबाही गरी १ करोड ८८ लाख ३७ हजार राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार