मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

कपिलवस्तुमा दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई रोड ब्यारिगेट हस्तान्तरण

Ujyalosandeshonline 11511+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

नारद कोहार

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलबस्तुलाई रोड ब्यारिगेट हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरण र रोकथामका लागि नगरपालिकाले प्रहरीलाई एक दर्जन ब्यारीगेट प्रदान गरेको हो ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल प्रजिअ बिश्व प्रकाश अर्यालले प्रहरी उपरीक्षक नवरत्न पौडेललाई रोड ब्यारिगेट हस्तान्तरण गरेका थिए । सो अवसरमा नगर प्रमुख पौडेलले दुर्घटनाको सङ्ख्या बढे पछि प्रहरीको आग्रह अनुसार आफूहरूले ब्यारिगेट उपलब्ध गराएको बताउनुभयो । उहाँले भन्नुभयो ‘नगरपालिकाका व्यस्त चोक र चौराहामा ब्यारिगेट राखियो भने दुर्घटना रोकथामका लागि सहयोगी बन्ने छ ।’प्रजिअ अर्यालले सुरक्षा समितिमा गरेको सल्लाह अनुसार प्रहरीले विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि त्यत्ति उपलब्धि हुन नसकेको बताउनुभयो । कपिलवस्तुमा दुर्घटनाको सङ्ख्या निरन्तर बढ्नु चिन्ताको विषय भएको भन्दै उहाँले दुर्घटना न्यूनीकरणका लागि नागरिकहरू आफै सचेत हुनु पर्ने बताउनुभयो ।

प्रहरी उपरीक्षक पौडेलले नगरपालिकाले दुर्घटना रोकथाम र न्यूनीकरणका लागि आफूहरूले चालेको अभियानमा साथ दिएर राम्रो काम गरेको बताउनुभयो । प्रत्येक ब्यारिगेटमा ट्राफिक सम्बन्धी सचेतनामूलक सन्देश समेत राखिएको छ । प्रहरी उपरीक्षक पौडेलले कपिलवस्तुमा सडक दुर्घटना ठुलो समस्याका रूपमा देखा परेकोले यसको रोकथाम र न्यूनीकरणका लागि पालिकाहरूले साथ दिनु पर्ने बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८०–०८१ को साउन देखि फागुन २१ गते सम्म जिल्लामा ४ सय ६८ दुर्घटनामा ४७ जनाको मृत्यु भएको छ । यस्तै ७ सय ९८ जना घाइते भएको र दुर्घटनामा ५ सय २४ सवारी संलग्न रहेका छन् । सो अवधिमा २२ हजार १ सय ५८ सवारीलाई कारबाही गरी १ करोड ८८ लाख ३७ हजार राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार