मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

मुख्यमन्त्री सिंह र जनता दलका बिहार प्रदेश सचिव अजय कुमार बीच भेटवार्ता

Ujyalosandeshonline 12679+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह र भारतको बिहार राज्यको सत्तारुढ जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमार कुशवाहाबीच भेटवार्ता भएको छ । जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा मुख्यमन्त्री सिंह र जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारबीच धर्मसँस्कृति र पर्यटन प्रवद्र्धनका विषयमा कुराकानी भएको हो ।

मुख्यमन्त्री सिँहले नेपाल र भारतबीच पौराणिक कालदेखि नै नागरिक स्तरमा धार्मिक तथा साँस्कृतिक सम्बन्ध रहेको बताउँदै यसलाई थप सुदृढ एवम् दीर्घकालीक बनाउन दुई देशबीच धार्मिक पर्यटन विकासमा जोड दिनुपर्ने बताए । उनले मधेश प्रदेशमा भारतका भारतका राष्ट्रपति, प्रधानमन्त्री, उत्तरप्रदेशका मुख्यमन्त्रीलगायतका उच्चस्तरीय नेताको भ्रमणबाट जानकीको नगरी जनकपुरधामप्रति भारतका धार्मिक पर्यटकको रुचि बढेको उल्लेख गरे । 

उनले रामायणमा उल्लिखित जनकपुरधामलगायत स्थलहरूको विकास तथा प्रसार गरी पर्यटनका माध्यमले धार्मिक एवम् नैतिक पथागमनका लागि प्रेरित गर्ने उद्देश्यले ल्याइएको रामायण सर्किट र सीता सर्किटको पूर्णताबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

मुख्यमन्त्री सिँहले केही दिन आफ्नो अयोध्या भ्रमणको प्रसङ्गबारे चर्चा गर्दै त्यहाँ राम मन्दिरको निर्माण सनातनीहरूका लागि गौरवको विषय भएको बताए । उनले सीताबिना राम अधुरो भएको भन्दै राममन्दिर दर्शन गर्न पुग्नेहरूलाई सीता माताको आशीर्वाद लिन मधेश प्रदेशमा आउन सुझाउनुपर्ने समेत उल्लेख गरे । ‘मैले सीमावर्ती भारतीय राज्यका राजनीतिक नेतृत्व र अधिकारीहरूलाई भारतका धर्मस्थलसँग जोडिएका प्रचार सामग्रीमा जनकपुरधाम लगायत नेपालका धार्मिक नगरीका विषयमा उल्लेख गरिदिन आग्रह गरेको छु,’उनले भने ।    

मुख्यमन्त्री सिँहले बिहारमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा भएका प्रयास, अभ्यास तथा चुनौतीबाट आर्जित अनुभव साझा हुनुपर्ने भन्दै सीमाञ्चलको संवेदनालाई जोड्न देशपार विवाहको परम्परा र साहित्यले समेत भूमिका निर्वाह गरिरहेको चर्चा गरे ।

जनता दल (युनाइटेड) का बिहार प्रदेशका सचिव अजयकुमारले नेपालको विकास प्रयासमा भारत सदैव सकारात्मक रहेको भन्दै दुवै छिमेकी देशबीचको सम्बन्ध प्रगाढ बनाउन नागरिक स्तरमा समेत सार्थक संवादले निरन्तरता पाउनुपर्ने बताए । उनले सीमा वारपारका जनताबीच सुखदुख दुवैमा समान अनुभूति गर्ने सम्बन्धलाई थप उचाइमा पुर्याउन धार्मिक, साँस्कृतिक र साहित्यिक साझेदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रस्ट पारे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार