मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

तीन संसदीय समितिको बैठक बस्दै, प्रस्तावित महालेखापरीक्षक रायाबारे संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने

Ujyalosandeshonline 12321+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौं । संघीय संसद अन्र्तगत्का तीन समितिको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । 

बिहान १० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी छ । संवैधानिक परिषद्बाट सिफारिस भएका रायाका विषयमा आजको बैठकले संसदीय सुनुवाइ अघि बढाउने समितिका सदस्य एवम् एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

यस्तै, नेपाल वायु सेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि आज बिहानका लागि बोलाइएको छ । बैठक ८ बजेपछि बस्ने छ । 

यस्तै, राष्ट्रिय सभा अन्र्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारवाही, समस्या र भावी कार्ययोजनाबारे छलफल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार