मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

इन्धन ढुवानी गर्ने ट्याङकरमा गाँजा ओसारपसार गर्ने ४ पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

विराटनगर। डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकर प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने चार जनालाई ठूलो परिमाण गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा धनकुटाको भेडेटारस्थित इलाका प्रहरी कार्यालयबाट बुधबार बिहान जाँचमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकमा मूलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङकरलाई रोकेर जाँच गर्दा उक्त तेल हाल्ने डिब्बाभित्र गाँजा लुकाएको पाइएको थियो ।

प्रहरीका अनुसार त्यसरी लुकाइएको ५ सय ९४ किलो गाँजा बरामद गरिएको छ । गाँजा ओसार पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सहचालक एमडी अफ्रोज, ट्याङकरमा सवार ७० वर्षीय लखन महतो र मोरङको रंगेली नगरपालिका–७ का ७० वर्षीय गयानन्द मण्डललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार