मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

जनताको अपेक्षाअनुसार कांग्रेस परिवर्तन भयोः प्रवक्ता चालिसे

Ujyalosandeshonline 12548+ समाचार ( )
तस्बिरः सनद अधिकारी/रासस
२३ माघ २०८२, बिहीबार

चितवन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनताको अपेक्षाअनुसार कांग्रेस परिवर्तन भएको बताउनुभएको छ ।भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता चालिसेले जनताले चाहेअनुसार सुधार गर्दै स्पष्ट दिशासहित कांग्रेसमा परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांगे्रसलाई जनताको चाहनाअनुसर सुधारेका छौँ, बदलेका छौँ, सच्याएर जनतामाझ ल्याएका छौँ ।” कांग्रेस एक भएको सन्देश लिएर जनता माँझ गएको प्रवक्ता चालिसेको भनाइ थियो । जनताले अपेक्षा गरेअनुसार कांग्रेस अहिले चुनावी मैदानमा उत्रेको उहाँले बताउनुभयो ।

प्रवक्ता चालिसेले कांग्रेसप्रति जनतामा पुनःविश्वास र प्रेमभाव देखिन थालेको बताउनुभयो । निराश भएका नागरिक जागृत भएका र अघिल्लो निर्वाचनमा गुमाएको मत फिर्ता आउने सङ्केत देखिएको उहाँले उल्लेख गर्नुभयो । नयाँ मतदातामा आशा पलाएको उहाँको भनाइ थियो । जनताको विश्वासलाई आधार बनाएर कांग्रेस देशव्यापी प्रचारमा जुटेको प्रवक्ता चालिसेले बताउनुभयो । राजनीतिक दल वा व्यक्तिको अनुहारभन्दा विचार र मुद्दामा आधारित हुने उल्लेख गर्दै उहाँले वर्तमान तथा भविष्यलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार