मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

आयुक्तमा सिफारिस प्रधानमाथि सार्वजनिक उजुरी आह्वान गरिने

Ujyalosandeshonline 12208+ समाचार ( )
९ असार २०८१, शनिबार

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको छ । 

संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुनुको साथै सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको समितिका सभापति पशुपति शमशेर जबराले जानकारी दिएका छन् । 

उनले भने, ‘प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनको लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चारका माध्यममार्फत सार्वजनिक गर्ने प्रस्ताव गर्दछु ।’ 

यस्तै, उनले प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन पनि दिएका छन् । 

उनले भने, ‘सुनुवाइको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना समिति समक्ष दिने प्रयोजनको लागि सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चारका माध्यम मार्फत संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’ 

गत आइतबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो ।निर्वाचन आयुक्त पदको लागि कृष्णमान प्रधानको नाम प्रस्ताव गरि संसदीय सुनुवाइका लागि संवैधानिक परिषद्बाट समितिमा असार ४ गते पत्र प्राप्त भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार