मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

कांग्रेस महासमिति बैठकमा प्रेस युनियनको संस्थागत वहिष्कार

Ujyalosandeshonline 12543+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

काठमाडौं । सोमबारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेपाली कांग्रेसको महाधिवेशनमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले संस्थागत सहभागिता जनाउन अस्वीकार गरेको छ ।

सोमबार दिउसो युनियनका अध्यक्ष शिव लम्सालले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विधानको अपब्याख्या गरी प्रतिनिधि चयनको निर्णय गरेको भन्दै संस्थागत सहभागिता नजनाउने निर्णय गरेको हो ।

‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्य समिति चयन भइ नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत प्रर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएको निर्णयप्रति युनियनको गम्भीर आपत्ति छ । लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वकार्य छैन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपब्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसविचको शुभेच्छुक सम्बन्धलाई विथोल्न चाहनेहरुलाई बल पुगेको छ,’अध्यक्ष लम्सालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन समितिको अक्षमता र विधानको गलत ब्याख्या गरी गरिएको निर्णयप्रति घोर भत्सर्ना जनाउँदै यथास्थितिमा महासमिति बैठकमा युनियनको संस्थागत उपस्थिति नहुने युनियनको विज्ञप्तिमा उल्लेख छ । साथै अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न पनि युनियनले आब्हान गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार