पोखरामा ‘प्रथमनाडा प्रेजेन्ट्स वाडाअटो शो २०२५’ प्रदर्शनी हुँदै

Ujyalosandeshonline 11020+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

काठमाडौं  । पोखरामापहिलो पटक नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालले ‘प्रथमनाडा प्रेजेन्ट्स वाडाअटो शो २०२५’ को आयोजनागर्ने भएको छ । पोखरा स्थित अमरसिंह खेल्कुद मैदानमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन द्वारा यही चैत्र १४ गतेदेखि १७ गते प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेको प्रदर्शनीका संयोजक निरन के.सीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए । ४ दिन सम्म चल्ने अटो शोलाई ३५००० आगन्तुकहरूले अवलोकन गर्ने संयोजक के.सीले जानकारी दिए । 

एनका अनुसार प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रा. लि., अफिसियल इन्सुरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनरमा स्वीफ्टहोलिडेज, हस्पिटालिटी पार्टनरमा होटलशारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस ( मनिपाल हस्पिटल) जस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गर्नेछ । 

प्रदर्शनीमा १९ वटाब्राण्डका ४ पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, वटा ब्राण्डका २ – पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्यएशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छ । 

प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन् भने पोखरा लायन्स क्लबको सहयोगमा चैत्र १५ प्रदर्शनी परिसर भित्र रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने जानकारी संयोजकके.सीले दिए । 

बन्दिपुर केवुलकार एण्डटुरिजम लि.ले डोर प्राइज स्पन्सर अन्तर्गत ३०० वटा केबुलकार टिकट उपलब्ध गराउने भएको छ र प्रदर्शनी अवलोकन गर्न आउने महानुभावहरूले टिकट मा गोला प्रथाद्वारा सो केबुलकारको टिकटप्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार