मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कर्णालीप्रति सरकार गैरजिम्मेवार बन्यो : सांसद शाह

Ujyalosandeshonline 12441+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सांसद मदन कुमारी शाह (गरिमा)ले कर्णाली बासीप्रति सरकार गैरजिम्मेवार भएको आरोप लगाएकी छिन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोलदै सांसद शाहले गत २०८० कात्तिक १७ गते गएको भूकम्पपछि कर्णालीमा सरकारको उपस्थिति नरहेको बताएकी हुन् । 

कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोटमा अझै पनि खानेपानी, बिजुलीको व्यवस्था समेत नरहेको साहको भनाइ छ । उनले भनिन्, ‘कर्णाली पुग्ने कोही नेपाली त्यस्तो नहोला, जसको मन नरोला । त्यहाँ बिजुली छैन, त्यहाँ खानेपानी छैन । विद्यार्थीहरु टिनको छाप्रोमा पढ बाध्य छन् । र कतिपय विद्यालयका छाना उडाएको अवस्था छ । स्कुल, सरकारी कार्यालय र सुरक्षा निकायहरुको भवनको अवस्था जिर्ण छ । गत २०८० कात्तिक १७ गते गएको भूकम्पपछि सरकारको जुन प्रकारको उपस्थिति हुनुपथ्र्यो त्यस्तो देखिएन । हामी सरकारमा बसेर यो मुलुकलाई सञ्जालन गरिरहेका छौं भन्न पनि अप्ठेरो लाग्छ । जनाका लागि आवश्यक सामान्य कुरा समेत दिन सकेका छैनौं । यसमा म समाननीय अध्यक्षज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार