मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

लुम्बिनीलाई खतरा सुची बाट हटाइयो, तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृतको तयारी

Ujyalosandeshonline 11004+ समाचार ( )
२७ असार २०८२, शुक्रबार

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट हटेको छ । फ्रान्सको पेरिसमा जारी युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसनले  लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।

लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग)ले खतराको सूचीमा पर्नबाट जोगाउन आफ्नो कार्यकालमा कन्सेप्च्युअल फिजिकल डेभलपमेन्ट, लुम्बिनी हेरिटेज कन्फेरेन्स आयोजना र सेक्टर स्ट्राटेजी सहित संरक्षण र  र विभिन्न सुधारका कामहरु उपाध्यक्ष डा. लामाले आफ्नो कार्यकालमा आयोजना गरेका थिए । 

"बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा पेरिसमा सम्पन्न बैठकले लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो ।   यसअघि पनि वर्ल्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएर दिएको प्रतिवेदनका आधारमा सन् २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो ।

दिल्लीमा गत साउनमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६औं सेसनमा लुम्बिनीलाई खतराको सूचीमा किन नराख्ने भन्ने विषयमा छलफल हुँदा भारतको संशोधन प्रस्तावका कारण खतराको सूचीमा पर्नबाट जोगिएको थियो । पेरिसमा जुलाई ६ देखि १६ सम्म युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७ औं सेसन चलिरहेको छ । आउँदो बुधबार उक्त सेसन समापन हुनेछ । साथै  गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम चरणमा रहेको छ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा ल्हारक्याल लामा(खेन्पो छिमेछिङ्ग)  लगायतको टोली पेरिसमा रहेका  छन् ।विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलवस्तु सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो । अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेश भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको हो ।

उपाध्यक्ष लामाले पेरिसमा एक हप्ता अघिबाट फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागि भारतीय राजदुत विशाल शर्मा, युनेस्कोको वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो तथा निर्देशक ग्वेनाले बोर्डिन सहित विभिन्न देशका कुटनीतिक  नियोगका प्रमुख तथा विभिन्न संस्थाका प्रमुखहरुसन्ग भेटवार्ता तथा छलफल गरेका गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार