मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सिद्धि गौचन स्मृति पुरस्कार हिमाली सांस्कृतिक परिवारलाई

Ujyalosandeshonline 11540+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोक संस्कृतिको संरक्षणमा झण्डै तीन दशकदेखि क्रियाशील हिमाली सांस्कृतिक परिवारको नाम सिफारिस गरेको हो ।

पौडेलको संयोजकत्वमा वरिष्ठ लोकदोहोरी गायिका तथा बहुआयामिक व्यक्तित्व हरिदेवी कोइराला, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाको तीन सदस्य समितिको सिफारिस लाई पुरस्कार कोषका संस्थापक विश्वमोहन गौचनसहितको बैठकले सर्वसम्मत अनुमोदन गरेको अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सिद्धि गौचनको १४ औं स्मृति दिवस कार्तिक १२ गते पोखरामा एक कार्यक्रमका बीच अर्पण गरिने पुरस्कारको राशि नगद १० हजार एकसय ११ रहेको संस्थाका प्रवक्ता ताराबहादुर गुरुङ बताउँछन् । 

महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, साहित्य, संगीतलगायतका विविध क्षेत्रमा जीवन समर्पण गरेकी सिद्धि गौचनको योगदानलाई चीर स्मरणीय बनाउन स्थापना भएको पुरस्कार जरोटुप्पोबाट यस अगाडि महिला सीप विकास तालिम केन्द्रका संस्थापक उद्यमी रामकली खड्कालाई प्रदान गरिएको थियो । 

यसपटक संस्थागत रूपमा सम्मान गर्न लागिएको हिमाली सांस्कृतिक परिवार २०५४ माघ १५ गते स्थापना भई मौलिक लोक संस्कार संस्कृतिको संरक्षणमा क्रियाशील छ । संस्थाले विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, हिमाली सांस्कृतिक रनिङ कप, पञ्चे बाजा प्रतियोगिता, कौरा नृत्य प्रतियोगिता, घाटु नृत्य गोष्ठी, लोपोन्मुख लोकबाजा प्रदर्शन, गौरी गुरुङ एकल साँझलगायतका मौलिक तथा लोपोन्मुख संस्कार र संस्कृतिको संरक्षणमुखी कार्यक्रम सम्पन्न गरेको छ ।

संस्था कलाकारको सम्मान, प्रोत्साहन तथा सहयोगका लागि कलाकार कल्याणकारी अक्षयकोष, मेनकाजी गुरुङ स्मृति अक्षयकोषसमेत स्थापना गरेर लोकसंस्कृति स्रष्टा र साधकको स्मरणमा क्रियाशील छ ।

समाजसेवी विश्वमोहन गौचनले धर्मपत्नी सिद्धि गौचनले जीवनकालमा पु¥याएको योगदानका खातिर पहिला विभिन्न संघसंस्थासँग सहकार्य गरे तापनि २०७८ सालदेखि जरोटुप्पो संरक्षण साहित्य समाजमा आफू र आफन्तजनको सहयोगसहित अक्षयकोष स्थापना गरेर विधिवत रूपमा कार्यक्रम गर्दै हरेक दुई वर्षमा पुरस्कार अर्पण गरिँदै आएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार