मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

‘संसदमा बोल्ने सांसदहरुको बोलीकै कारण लोकतन्त्र खतरामा छ’

Ujyalosandeshonline 11004+ समाचार ( )
१४ असार २०८१, बिहीबार

काठमाडौं । फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले सबै भन्दा गलत सूचनाको स्रोत संसद रहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘प्रमाणमा आधारित सूचनाको हकको प्रयोग र महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसदमा बोल्ने सांसदहरुको बोली सबैभन्दा गलत हुने एक अध्ययनले पुष्टि गरेको बताएका हुन् । 

उनले भने, ‘सबैभन्दा बढी मिसईन्फरमेसनको स्रोत संसद हो । संसदमा बोल्ने सांसदहरुको बोली सबैभन्दा गलत हुँदो रहेछ । जे कुरा त्यहाँ उनीहरु दाबी गरेर बोलेका हुन्छन् । त्यसको आधार नहुने कुरा बेलायतको एक अध्ययनले देखाएको छ ।’

संसदमा बोल्ने सांसदहरुको बोलीकै कारण लोकतन्त्र खतरामा रहेको दाहालको भनाइ छ । प्रधानमन्त्री र मन्त्रीहरुले बोलेको कुरा प्रवाह गर्ने मात्र नभई त्यसको प्रमाणिकरण गरि तथ्य जाँच गर्नु पत्रकारिताको धर्म भएको उनको भनाइ छ । 

उनले अघि भने, ‘संसदमा बसेका मान्छेहरूले जे बोल्यो त्यही कुराले लोकतन्त्रमा खतरा छ । यसका लागि पनि हामीले लड्नुपर्छ । पत्रकारिताको धर्म पनि यही हो । पत्रकारले प्रहरी, प्रधानमन्त्री र मन्त्रीहरुले के भन्छन् त्यही मात्र लेख्ने होइन । त्यसलाई प्रमाणिकरण गर्ने हो । त्यसको तथ्य जाँज्ने हो, प्रमाण खोज्ने हो । त्यही प्रमाण खोज्नका लागि हामीले सूचनाको हक बनाएको हो । यस्तो गर्न सकियो भने पत्रकारितामाथिको संकट पनि पर जान्छ । र समाजमा अन्याय पनि हुदैन । त्यसो गर्न सकियो भने हामीले खाजेको उत्तरदायी समाज पनि निर्माण गर्न सकिन्छ ।’

नेपालमा कन्टेन्टका लागि लगानी नभएको कारण नेपाली मिडियाहरू आफूले पाएको सूचनालाई छिटो प्रवाह गर्ने स्थितिमा रहेको बताए । ‘पत्रकारहरुलाई समय छैन होला सूचना माग्ने । किनभने नेपालमा कन्टेन्टमा लगानी नै छैन । जे पायो त्यही सूचनालाई छिटो प्रवाह गर्नुपर्ने स्थितिमा नेपाली मिडिया छ । नेपाली मिडियाहरु त खाली ‘फलानाका अनुसार’ र ‘फलानाले यस्तो भन्नुभयो’ भन्ने तरिकाको पत्रकारितामा छ ,’उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार